श्रीमतीको हत्या आरोपी श्रीमान पक्राउ



प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई फक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा अर्जुनधारा ३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले ३७ वर्षीया श्रीमती मुना चौहानलाई धारिलो हतियार प्रहार गरी सोमबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या गरी फरार रहेका चौहानलाई स्थानीय जुकेखाडी वन क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको छ । पारिवारिक विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ekantipur.com

प्रकाशित मिति : 9:50 am

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै