श्रीमतीको हत्या आरोपी श्रीमान पक्राउ



प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई फक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा अर्जुनधारा ३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले ३७ वर्षीया श्रीमती मुना चौहानलाई धारिलो हतियार प्रहार गरी सोमबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या गरी फरार रहेका चौहानलाई स्थानीय जुकेखाडी वन क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको छ । पारिवारिक विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ekantipur.com

प्रकाशित मिति : 9:50 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले