ताप्लेजुङको मैवाखोलामा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला



ताप्लेजुङ । असोज १८ गते मैवाखोला गाउँपालिका २ खानीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलका अनुसार १२ वर्षीय आइतमाया शेर्पा मृत अवस्थामा फेला परेकी हुन् ।

उनको शव आठराईत्रिवेणी गाउँपालिका–४ ओडारे भन्ने स्थानमा मैवाखोलाको किनारमा फेला परेको रावलले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुरा गरेको जनाएको छ । एकै समयमा हराएका वर्ष ११ का सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् ।

उनको खोजी भइरहेको रावलले जानकारी दिएका छन् । आइतमाया, सन्देश र कुशुले शेर्पा खार्ते खोलामा पौडी खेल्न गएका थिए । सन्देश र आइतरानी बेपत्ता भएपछि कुशुलेले गाउँघरमा खबर गरेर खोजी तीब्र बनाइएको थियो । ekantipur.com

प्रकाशित मिति : 9:46 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ