ताप्लेजुङको मैवाखोलामा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला



ताप्लेजुङ । असोज १८ गते मैवाखोला गाउँपालिका २ खानीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलका अनुसार १२ वर्षीय आइतमाया शेर्पा मृत अवस्थामा फेला परेकी हुन् ।

उनको शव आठराईत्रिवेणी गाउँपालिका–४ ओडारे भन्ने स्थानमा मैवाखोलाको किनारमा फेला परेको रावलले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुरा गरेको जनाएको छ । एकै समयमा हराएका वर्ष ११ का सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् ।

उनको खोजी भइरहेको रावलले जानकारी दिएका छन् । आइतमाया, सन्देश र कुशुले शेर्पा खार्ते खोलामा पौडी खेल्न गएका थिए । सन्देश र आइतरानी बेपत्ता भएपछि कुशुलेले गाउँघरमा खबर गरेर खोजी तीब्र बनाइएको थियो । ekantipur.com

प्रकाशित मिति : 9:46 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले