हेंवाखोलामा डाईभर्सन निर्माण कार्य अन्तिम चरणमा




रेडियो काबेली
ताप्लेजुङ । अवरुद्ध मेचिराजमार्ग अन्तरगत पाँचथरको हेंवाखोलामा बेलि ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारसम्ममा ५८ वटा ह्युम पाईप राखि सकिएको र अब ग्राभेलको काम हुन बाँकी रहेको सडकको डिभिजन कार्यालय ईलामका ईन्जिनियर सरोज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ मंगलबारसम्म सबै ५८ वटा ह्युम पाईप राखि सकिएको र अब ग्राभेल काम सकिएपछि सवारी आवत जावत हुनेछ ।”


उहाँका अनुसार अब ग्राभेल सकिएपछि बुधबारबाट सवारी आवत जावत गराईनेछ । असोज १२ गते आएको अविरल वर्षापछिको बाढीले हेंवाखोलाको बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङ साथै पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा सवारी आवतजावत ठप्प भएको छ ।

प्रकाशित मिति : 10:56 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम