ओलाङचुङगोला विओपीद्धारा सीमा स्तम्भको अवलोकन तथा निगरानी




रेडियो काबेली
ताप्लेजुङ । ओलाङचुङगोला सशस्त्र प्रहरीको सीमा सुरक्षा वल (विओपी) को टोलीले सिमा स्तम्भको अवलोकन तथा निगरानी गरेको छ । विओपी ओलाङचुङगोलाका शशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा रहेको १० जनाको टोलीले नेपाल–तिब्बत सिमाक्षेत्र टिपताला पुगेर सिमा स्तम्भको अवलोकन तथा निगरानी गरेको शशस्त्र प्रहरी बल नं.१ गुल्म हेडक्वाटर कञ्चनजंघाका शशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिओपी टोलीले सीमा स्तम्भ क्षेत्र आसपासमा सरसफाई गर्नुका साथै चिनिया समकक्षी अध्यागमन अधिकृत कुङगा टाँसी र प्रहरी अधिकृत दावातेसरिङ ला सँग भेटघाट तथा सामान्य छलफल समेत गरेको छ । त्यस्तै टोलीले ओलाङचुङगोलामा रहेको विओपीका लागि मौवाटारमा निर्माण गरिएको भवनको समेत अवलोकन गरेको छ । बिओपी टोलीले समय समयमा सिमा स्तम्भको अवलोकन एवं निगरानी साथै समकक्षीसँग भेटघाट एवं छलफल समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १८:४५

ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु

ताप्लेजुङ । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना