जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न



रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यको प्रमुख आतिथ्य एवं फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन र उप–प्रमुख भिमादेवी ओझा लगायतको उपस्थितीमा एवं जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख मादेनले अपहरण तथा शरिर बन्धक मुद्धामा लामो समय हिरासतमा बस्नु भएका मञ्जुल निरौलाले प्रहरीको फितलो अनुसन्धानले अन्यायमा परेको टिप्पणी गर्नुभयो । जवाफमा प्रमुख जिल्ला अधिकारी आचार्यले उक्त विषय अदालतमा रहेको र अनुसन्धानका क्रममा रहेकोले धेरै बोल्न नमिल्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा व्यवसायी तारानाथ बरालले बाढीले सडक अवरुद्ध रहेका कारण जिल्लामा खाध्य सहितका उपभोग्य सामाग्री आपुर्तीको अभाव रहेकाले सहज आपुर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । चाडबाडको समयमा हुने आपराधिक गतिवीधिलाई पनि मध्यनजर गर्न सुरक्षा निकायको ध्यानाकर्षण गर्नुभयो ।

जवाफमा प्रमुख जिल्ला अधिकारी आचार्यले आपुर्तिको समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा आपुर्तिको समस्या, मुल्य वृद्धिको समस्या तथा कालो बजारीको समस्या जिल्लामा छ भने देखिने वित्तिकै उक्त ठाउँबाट नै खबर गुर्नहोला । तेल छैन चिनी छैन खाध्य सामाग्री बजारमा छैन भन्ने कुरा छैन । म निरन्तर उद्योग वाणीज्य संघ सँग र खाध्यान्न सँग निरन्तर सम्पर्कमा छु कति बेलासम्म धान्छ भनेर । अहिले अन्य क्षेत्रबाट समाग्री ल्याउन नपाउला तर जिल्लामा भएकै चिजको उपयोग गर्नुपर्छ ।” अभाव भए जसरी टार्छौै आचार्यले थप अघि भन्नुभयो यातायातको कुनै विकल्प नभएको अवस्थामा हदै सम्मको अभाव भए हेलिकोप्टरमार्फत पनि अभाव हटाई उपभोक्ताको दैनिकी सहज बनाउँछौ । हेंवाखोलामा डाइभर्सन निर्माण हुँदैछ । अब खाद्यान्न सहितका दैनिक उपभोग्य बस्तुको अभाव व्यवस्थापन हुन्छ ।”


पाथीभरा क्षेत्र विकास समितीका सदस्य तेज भट्टराईले पाथीभरा क्षेत्रमा हुने सम्भावित आपराधिक गतिवीधिलाई नियन्त्रण गर्न प्रहरी गस्ती परिचालन गर्न अनुरोध गर्नुभयो । जवाफमा प्रहरी नायव उपरिक्षक रावलले अहिले पनि निरन्तर रुपमा गस्ति भई रहेको बताउँदै तिर्थ यात्रीको चापलाई हेरेर थप प्रहरी गस्ती परिचालन गर्ने बताउनुभयो ।

होटल व्यवसायी संघका कोषाध्यक्ष बिमल भण्डारीले रात्रिकालिन समयमा होहल्ला गरेर हिड्ने र तिब्र गतिका सवारी साधन र अनावश्यक हर्न नियन्त्रण गर्नु पर्ने साथै रात्रिकालिन समयमा घर बाहिर हिड्ने युवायुवतीलाई पनि निगरानी गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । प्रहरी नायव उपरिक्षक रावलले दशैँमा हुन सक्ने सम्भावित आपराधिक गतिवीधिलाई लक्षित गर्दै सुरक्षा कार्ययोजना बनेको बताउँदै पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरमा सशस्त्र प्रहरीमार्फत सुरक्षा योजना कार्यान्वयन गर्ने बताउनुभयो ।

माधक पदार्थ सेवन गर्ने मेसिनबाट जाँच हुने

ताप्लेजुङमा अब माधक पदार्थ सेवन गरेको छ या छैन भन्ने कुराको जाँच ब्रेथ एनालाईजर मेसिनबाट हुनेभएको छ । अबको एक महिना पछि उक्त मेसिन आएपछि मेसिनबाट माधक पदार्थ सेवनको मापन गरिने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले बताउनुभयो ।

सोमबार भएको नागरिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“राजमार्ग सुरक्षा हेर्ने कार्यालयले जनघनत्व पनि बढी हुने र दुर्घटना पनि बढी हुने भएकाले तराई क्षेत्रलाई बढी प्राथमिकता दिने भएकोले पहाडी क्षेत्रमा माधक पदार्थ जाँच गर्ने मेसिन (ब्रेथ एनालाईजर) नभई रहेको अवस्थामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पाथीभरा क्षेत्र विकास समितीलाई अनुरोध गरेको थिए । उहाँहरुले सकरात्मक रुपमा लिनुभयो । त्यसलाई खरिदका लागि अर्डर भई सकेको छ । अब एक महिना भित्र आउँछ । त्यसमा पनि क्यामेरा सहितको ब्रेथ एनालाईजर छ । आईसकेपछि प्रयोगमा ल्याईनेछ । वर्ष दिनको चाडबाड हो । सबैलाई संयमित भएर सभ्य भएर मनाउनुपर्छ । क्षणिक गल्तिले ठुलो क्षती हुन सक्छ । सबैले ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार २२:०२

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजारले बढ्यो

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ ।

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक