वुस कटिङ गरिने भएकाले ताप्लेजुङमा शुक्रबार र शनिबार विद्युत अबरुद्ध हुने




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार र शनिबार दिउँसो विद्युत अबरुद्ध हुने भएको छ । बुस कटिङ गरिने भएकाले विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले असोज १६ गते प्रकाशन गरेको सुचनामा जनाईएको छ । जस अनुसार जिल्लाको फुङलिङ नगरपालिका फिडर अन्तर्गत नाङ्खोल्याङ, हाङदेवा, सुकेटार, पाथीभरा, तिरीङे र फक्ताङलुङ गाउँपालिकामा असोज १८ गते शुक्रबार विद्युत सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा शुक्रबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ केन्द्रले जनाएको छ ।

केन्द्र प्रमूख सुरेश प्रसाद चौधरीद्धारा हस्ताक्षरित सूचनामा बुस कटिङ गरिने भएकाले ११ के.भी. लाइन बन्द हुने उल्लेख छ । यसैगरि असोज १९ गते शनिबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । पाँचथरको अमरपुर सवस्टेशनदेखि हिटी सबस्टेशनसम्मको ३३ के.भी लाइन जडान भएको क्षेत्रमा पनि बुस कटिङ गरिने भएको छ । केन्द्रिय प्रसारण लाईन अन्तरगत इलाममा ४ वटा विद्युतको टावरमा क्षती हुँदा गत शनिबारबाट अवरुद्ध विद्युत सेवा मंगलबार साँझबाट सुचारु भएको छ ।

प्रकाशित मिति : 9:05 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका