वुस कटिङ गरिने भएकाले ताप्लेजुङमा शुक्रबार र शनिबार विद्युत अबरुद्ध हुने




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार र शनिबार दिउँसो विद्युत अबरुद्ध हुने भएको छ । बुस कटिङ गरिने भएकाले विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले असोज १६ गते प्रकाशन गरेको सुचनामा जनाईएको छ । जस अनुसार जिल्लाको फुङलिङ नगरपालिका फिडर अन्तर्गत नाङ्खोल्याङ, हाङदेवा, सुकेटार, पाथीभरा, तिरीङे र फक्ताङलुङ गाउँपालिकामा असोज १८ गते शुक्रबार विद्युत सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा शुक्रबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ केन्द्रले जनाएको छ ।

केन्द्र प्रमूख सुरेश प्रसाद चौधरीद्धारा हस्ताक्षरित सूचनामा बुस कटिङ गरिने भएकाले ११ के.भी. लाइन बन्द हुने उल्लेख छ । यसैगरि असोज १९ गते शनिबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । पाँचथरको अमरपुर सवस्टेशनदेखि हिटी सबस्टेशनसम्मको ३३ के.भी लाइन जडान भएको क्षेत्रमा पनि बुस कटिङ गरिने भएको छ । केन्द्रिय प्रसारण लाईन अन्तरगत इलाममा ४ वटा विद्युतको टावरमा क्षती हुँदा गत शनिबारबाट अवरुद्ध विद्युत सेवा मंगलबार साँझबाट सुचारु भएको छ ।

प्रकाशित मिति : 9:05 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले