हेवाखोलामा फड्के पुल निर्माण




रेडियो काबेली

ताप्लेजुङ । हेवाखोलामा फड्के पुल निर्माण कार्य सम्पन्न भएको छ । मेचि राजमार्ग अन्तगर्त पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ ७ मा रहेको हेवाखोलामा फड्के पुल निर्माण कार्य बिहिबार सम्पन्न भएको हो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीकोको टोली र फिदिम नगरपालिकाको टोलीले फड्के पुल निर्माण गरेका हुन् ।

फड्के पुल निर्माण भए सँगै पुलबाट मोटर साइकल समेत तार्न सकिने भएको छ । पुलको क्षमतालाई मध्यनजर गरि एकपटकमा एउटा मात्रै बाईक आवतजावत गर्न प्रहरीले आग्रह गरेको छ । जस्लाई निरिक्षण गर्न फड्केको पारी र वारी एक एक जना प्रहरी खटाईएको जनाएको छ ।


असोज १२ गते हेवाखोलामा आएको बाढीले बेली ब्रिज बगाए पछि ताप्लेजुङ र पाँचथरको साथै पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाको यातायात सम्पर्क टुटेको छ । हेवाखोला बेलीब्रीज बगाए पछि ताप्लेजुङ तर्फ सडक सञ्चालन हुन अझै केहि दिन लाग्ने सडक डिभिजन कार्यालय ईलामले जनाएको छ ।

प्रकाशित मिति : 8:14 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक