हेवाखोलामा फड्के पुल निर्माण




रेडियो काबेली

ताप्लेजुङ । हेवाखोलामा फड्के पुल निर्माण कार्य सम्पन्न भएको छ । मेचि राजमार्ग अन्तगर्त पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ ७ मा रहेको हेवाखोलामा फड्के पुल निर्माण कार्य बिहिबार सम्पन्न भएको हो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीकोको टोली र फिदिम नगरपालिकाको टोलीले फड्के पुल निर्माण गरेका हुन् ।

फड्के पुल निर्माण भए सँगै पुलबाट मोटर साइकल समेत तार्न सकिने भएको छ । पुलको क्षमतालाई मध्यनजर गरि एकपटकमा एउटा मात्रै बाईक आवतजावत गर्न प्रहरीले आग्रह गरेको छ । जस्लाई निरिक्षण गर्न फड्केको पारी र वारी एक एक जना प्रहरी खटाईएको जनाएको छ ।


असोज १२ गते हेवाखोलामा आएको बाढीले बेली ब्रिज बगाए पछि ताप्लेजुङ र पाँचथरको साथै पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाको यातायात सम्पर्क टुटेको छ । हेवाखोला बेलीब्रीज बगाए पछि ताप्लेजुङ तर्फ सडक सञ्चालन हुन अझै केहि दिन लाग्ने सडक डिभिजन कार्यालय ईलामले जनाएको छ ।

प्रकाशित मिति : 8:14 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम