चोरी गरेको नगद सहित आठराई त्रिवेणीबाट २ जना पक्राउ 



ताप्लेजुङ । चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ का काजिमान तामाङको घरबाट एक लाख २७ हजार रुपैयाँ चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एव प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वर्ष १९ का आकाश राजवंशी र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ का वर्ष २० का राजिन भन्ने फुलमान शेर्पा रहेका छन् । 

चोरी गरेको नगद सहित प्रहरीको टोलीले निघुरादिनबाट राजवंशी र शेर्पालाई पक्राउ परिएको हो । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

चाड पर्व नजिकिए सँगै आपराधिक गतिविधि बढ्ने भएकाले ताप्लेजुङमा सुरक्षा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : 9:11 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था