चोरी गरेको नगद सहित आठराई त्रिवेणीबाट २ जना पक्राउ 



ताप्लेजुङ । चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ का काजिमान तामाङको घरबाट एक लाख २७ हजार रुपैयाँ चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एव प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वर्ष १९ का आकाश राजवंशी र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ का वर्ष २० का राजिन भन्ने फुलमान शेर्पा रहेका छन् । 

चोरी गरेको नगद सहित प्रहरीको टोलीले निघुरादिनबाट राजवंशी र शेर्पालाई पक्राउ परिएको हो । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

चाड पर्व नजिकिए सँगै आपराधिक गतिविधि बढ्ने भएकाले ताप्लेजुङमा सुरक्षा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : 9:11 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई