रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे दोभान भित्री सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । शनिबार साँझ फुङलिङ नगरपालिका– ३ केनेम स्थित सडकमा माथिबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनले जानकारी दिनुभयो ।
उहाँका अनुसार थप जोखिमलाई मध्यनजर गरी शनिबार साँझबाट नै नेपाल प्रहरीसँगको समन्वयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलाउन शशस्त्र प्रहरीको टोली परिचालन भएको र फुङलिङ नगरपालिकासँग जेसिवी लगेर बाटो खुलाउन समन्वय भई रहेको डिसपी मर्हजनले जानकारी दिनुभयो ।
प्रतिक्रिया