पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिने चन्द्र ढकालको प्रतिबद्धता



नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिने बताएका छन्। पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि पाथीभरा केबलकार बनाउन लागेको दावी पनि उनले गरे।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौँमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले शतप्रतिशत दिने प्रतिबद्धता जनाए।

‘पाथीभरा केबलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ‚ गर्न तयार छौँ। स्थानीयलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्‍यो‚’ उनले भने,‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा छौँ।’

उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरिरहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्र स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउनु गलत हुने बताए।

उनले स्वदेशी लगानीलाई पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे। उनले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाका लागिभन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए।

उनले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए। उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए।

उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रुख काट्ने प्रक्रिया सकिएको बताए। उनले केबलकार निर्माण शुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको बताए।

‘पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको छ। रुखहरु काट्ने प्रक्रिया सकिएको छ। केबलकार निर्माण शुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी छ‚’ उनले भने, ‘पाथीभरा केबलकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएको हुनाले त्यहीअनुसार ताप्लेजुङको सहयोगको अपेक्षा छ।’

उनले पाथीभरा केबलकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।

उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताए।

उनले यो आयोजना ताप्लेजुङको मात्रै नभएर समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा केबलकारले ठूलो भूमिका निर्वाह गर्ने बताए। उनले फाइदामात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०६:५१

फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध

रेडियो काबेली ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे

ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा

पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिने चन्द्र ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा

मिडिया ट्रायल, सहकारी र नेपाली राजनीति

ई. वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । नेपालमा सहकारी संस्था ठगीको मुद्दा

वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने

रेडियो काबेलीताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको