दोभान बजारको बाढीजन्य जोखिम निरीक्षण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानको बाढीजन्य जोखिमको शुक्रबार निरीक्षण गरिएको छ । शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजन, मेरिङदेन गाउँपालिका वडा नं.–३ का अध्यक्ष गजेन्द्र नाल्बो, र स्थानीयको सहभागीतामा बाढीजन्य जोखिमको निरीक्षण गरिएको हो ।

निरीक्षण गरि पानी बहाब तत्काल सामान्य नै रहेको र लगातार वर्षा भई रहेकाले जोखिमयुक्त घरमा बस्ने सर्वसाधारणहरूसंग भेटघाट गरि जोखिमबारे जानकारि गराईएकोे शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि मर्हजनले बताउनुभयो ।

बाढीको जोखिममा रहेको दोभान बजारमा केहि दिन देखी लगातार परि रहेको वर्षाका कारण हुन सक्ने जोखिम र क्षतीलाई न्युनिकरण गर्न निरीक्षण गरिएको डिएसपि मर्हजनको भनाई छ ।

उहाँका अनुसार मेरिङदेन गाउँपालिका वडा नं. ३ र आठराई त्रिवेणी गाउँँपालिकाको संगम स्थल हुँदै बग्ने मैवाखोलाको पानीकोे बहाब गत भाद्र २ गते बढ्दा कुमार तेम्बेको सेफ्टि ट्याङ्की, सुकु शेर्पाको ट्वाईलेट र सेफ्टि ट्याङ्की र सन्जा लिम्बुको ट्वाईलेट बगाएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १५:१५

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन