दोभान बजारको बाढीजन्य जोखिम निरीक्षण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानको बाढीजन्य जोखिमको शुक्रबार निरीक्षण गरिएको छ । शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजन, मेरिङदेन गाउँपालिका वडा नं.–३ का अध्यक्ष गजेन्द्र नाल्बो, र स्थानीयको सहभागीतामा बाढीजन्य जोखिमको निरीक्षण गरिएको हो ।

निरीक्षण गरि पानी बहाब तत्काल सामान्य नै रहेको र लगातार वर्षा भई रहेकाले जोखिमयुक्त घरमा बस्ने सर्वसाधारणहरूसंग भेटघाट गरि जोखिमबारे जानकारि गराईएकोे शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि मर्हजनले बताउनुभयो ।

बाढीको जोखिममा रहेको दोभान बजारमा केहि दिन देखी लगातार परि रहेको वर्षाका कारण हुन सक्ने जोखिम र क्षतीलाई न्युनिकरण गर्न निरीक्षण गरिएको डिएसपि मर्हजनको भनाई छ ।

उहाँका अनुसार मेरिङदेन गाउँपालिका वडा नं. ३ र आठराई त्रिवेणी गाउँँपालिकाको संगम स्थल हुँदै बग्ने मैवाखोलाको पानीकोे बहाब गत भाद्र २ गते बढ्दा कुमार तेम्बेको सेफ्टि ट्याङ्की, सुकु शेर्पाको ट्वाईलेट र सेफ्टि ट्याङ्की र सन्जा लिम्बुको ट्वाईलेट बगाएको थियो ।

प्रकाशित मिति : 3:15 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका