बिरामीलाई अस्पताल लग्दै उपाध्यक्ष लिम्बू




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बु (साम्रा)ले एक बिरामीलाई उद्धार गर्दै उदाहरणीय कार्य गर्नु भएको छ । मौसममा खराबीका कारण सडक अवरुद्ध हुँदा पालिकाको वडा नं. २ खेजेनिमकी ७६ वर्षकी गंगा माया लिम्बुलाई अस्पताल पु¥याउन कठिन भएको थियो ।

बिरामीलाई सवारी साधन प्रयोग गर्न गरेर अस्पताल पु¥याउन असम्भव भएपछि उपाध्यक्ष लिम्बुले स्थानीयहरुको सहयोगमा स्टेचरमा बोकेर खेजेनिम स्वास्थ्य चौकी पुर्याउनुभएको हो । उपाध्यक्ष लिम्बुले बिरामीलाई थप सास्ती हुन नदिनका लागि तत्काल उद्धारको कार्य गरेको बताउनुभयो ।

वर्षायामसँगै फक्ताङलुङ गाउँपालिकामा बाढी र पहिरोको समस्या थप जटिल बन्दै गएको छ, जसले गर्दा मानविय तथा भौतिक क्षति बेहोर्नु परिरहेको छ । यस्तो चुनौतीपूर्ण परिस्थितिमा उपाध्यक्षको यो कार्यले प्रशंसा पाएको छ । यस्ता कार्यले स्थानीय नेतृत्वको सहानुभूतिपूर्ण भूमिका उजागर गरेको छ । जहाँ सडक बन्द हुँदा समेत बिरामीको उपचार सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधिहरु क्रियाशील छन् ।

प्रकाशित मिति : 2:55 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम