बिरामीलाई अस्पताल लग्दै उपाध्यक्ष लिम्बू




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बु (साम्रा)ले एक बिरामीलाई उद्धार गर्दै उदाहरणीय कार्य गर्नु भएको छ । मौसममा खराबीका कारण सडक अवरुद्ध हुँदा पालिकाको वडा नं. २ खेजेनिमकी ७६ वर्षकी गंगा माया लिम्बुलाई अस्पताल पु¥याउन कठिन भएको थियो ।

बिरामीलाई सवारी साधन प्रयोग गर्न गरेर अस्पताल पु¥याउन असम्भव भएपछि उपाध्यक्ष लिम्बुले स्थानीयहरुको सहयोगमा स्टेचरमा बोकेर खेजेनिम स्वास्थ्य चौकी पुर्याउनुभएको हो । उपाध्यक्ष लिम्बुले बिरामीलाई थप सास्ती हुन नदिनका लागि तत्काल उद्धारको कार्य गरेको बताउनुभयो ।

वर्षायामसँगै फक्ताङलुङ गाउँपालिकामा बाढी र पहिरोको समस्या थप जटिल बन्दै गएको छ, जसले गर्दा मानविय तथा भौतिक क्षति बेहोर्नु परिरहेको छ । यस्तो चुनौतीपूर्ण परिस्थितिमा उपाध्यक्षको यो कार्यले प्रशंसा पाएको छ । यस्ता कार्यले स्थानीय नेतृत्वको सहानुभूतिपूर्ण भूमिका उजागर गरेको छ । जहाँ सडक बन्द हुँदा समेत बिरामीको उपचार सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधिहरु क्रियाशील छन् ।

प्रकाशित मिति : 2:55 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका