ताप्लेजुङको पर्यटन प्रर्वद्धन तथा विकास निर्माणका सम्बन्धमा ताप्लेजुङ सरोकार केन्द्रले अन्तरक्रिया कार्यक्रम गर्ने 



ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले भोलि (शुक्रबार) अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सरोकार केन्द्रले शुक्रबार दिउसो साढे तीन बजेदेखि ताप्लेजुङको पर्यटन प्रर्वद्धन तथा विकास निर्माणका सम्बन्धमा केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।   

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका उपस्थितमा काठमाडौँको सिल्भर ओक ब्याङ्क्वेटमा कार्यक्रम हुने सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिनुभएको छ । जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन तथा समग्र विकासको निर्माणलाई जनस्तर सरोकारवालाबाट समेत गति दिन थप पहलका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । 

कार्यक्रममा सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला, सङ्घ संस्थाको प्रतिनिधि, व्यवसायी तथा लगानीकर्ताहरूको समेत उपस्थिति रहन बताइएको छ ।

प्रकाशित मिति : 7:24 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै