ताप्लेजुङको पर्यटन प्रर्वद्धन तथा विकास निर्माणका सम्बन्धमा ताप्लेजुङ सरोकार केन्द्रले अन्तरक्रिया कार्यक्रम गर्ने 



ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले भोलि (शुक्रबार) अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सरोकार केन्द्रले शुक्रबार दिउसो साढे तीन बजेदेखि ताप्लेजुङको पर्यटन प्रर्वद्धन तथा विकास निर्माणका सम्बन्धमा केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।   

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका उपस्थितमा काठमाडौँको सिल्भर ओक ब्याङ्क्वेटमा कार्यक्रम हुने सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिनुभएको छ । जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन तथा समग्र विकासको निर्माणलाई जनस्तर सरोकारवालाबाट समेत गति दिन थप पहलका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । 

कार्यक्रममा सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला, सङ्घ संस्थाको प्रतिनिधि, व्यवसायी तथा लगानीकर्ताहरूको समेत उपस्थिति रहन बताइएको छ ।

प्रकाशित मिति : 7:24 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य