इन्टरपोलबाट रेड नोटिस जारी भएका पाँचथरको मिक्लाजुङका एक सहित ३ जना दुबईबाट पक्राउ



ताप्लेजुङ । ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाण्डौको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय कबिर बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै पक्राउ पर्नेमा जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई अहिले काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान एवम् कारबाहीका लागि भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : 7:20 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका