रेडपाण्डा ट्रेल म्याराथनको विजेता गुरुङलाई फुङ्लिङ ६ को सम्मान



ताप्लेजुङ । प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन अन्तर्गत महिलातर्फकी प्रथम कुमारी गुरुङलाई फुङलिङ नगरपालिका वडा नं. ६ ले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा गत असोज ५ गते ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सम्पन्न म्याराथन प्रतियोगिताकी प्रथम गुरुङलाई फुङ्लिङ ६ ले १० हजार नगदसहित सम्मान गरेको हो । 

बुधबार एक कार्यक्रमका बीच  गुरुङलाई नगद सँगै सम्मान गरिएको वडा अध्यक्ष मदन गुरुङ ९तेज ०ले जानकारी दिनुभयो । प्रथम पटक सञ्चालन भएको अन्तर्राष्ट्रिय स्तरको रेडपाण्डा ट्रेल रनको उपाधि जितेर ६ नम्बर वडाकी गुरुङले इतिहास रचेको प्रति खुसी व्यक्त गर्दै वडाध्यक्ष गुरुङले धावक गुरुङको आगामी भविष्य समेत उज्ज्वल रहोस् भनी शुभकामना समेत व्यक्त गर्नुभएको छ।

साथै असोज १२ गते भारतको सिक्किमा  हुन गइरहेको १० किलोमिटर ट्रेल रन प्रतियोगितामा पनि गुरुङले सहभागिता जनाउन लाग्नुभएको छ । यसको लागि पनि वडाले उहाँलाई बिदाई समेत गरेको छ । 

प्रकाशित मिति : 6:19 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै