भुपु बृटिस आर्मी स्वर्गीय रणबहादर लिङखिमको स्मृतिमा खेलमैदान निर्माणका १ लाख बढि सहयोग



ताप्लेजुङ । भुपु बृटिस आर्मी स्वर्गीय रणबहादर लिङखिम स्मृति प्रतिष्ठानले खेलमैदान निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । भुपु बृटिस आर्मी स्वर्गीय लिङखिमको २८औँ स्मृति दिवसको अवसरमा बुधबार ताप्लेजुङको मैवाखोला माद्यमिक बिद्यालय तेम्बेको खेलमैदान निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । 

खेल–मैदान निर्माणका लागि नगद १ लाख १ हजार १ सय रुपैयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बूमार्फत विद्यालयको खातामा जम्मा हुने गरि पठाइएको प्रतिष्ठानका सदस्य दिनेश लिङखिमले जानकारी दिनुभएको छ । 

बि. सं. २०७७ सालमा स्व। लिङखिमका श्रीमती सञ्चरानी लिङखिमको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । प्रतिष्ठानले गत वर्ष सदरमुकाम भित्रको एक विद्यालयमा साढे दुई सय विद्यार्थीलाई २ लाख ५० हजार बढीको शैक्षिक सामाग्री बितरण गरेको थियो । 

त्यस्तै अघिल्ला वर्षहरूमा ४२ जना फरक क्षमता भएका विद्यार्थीहरूलाई विद्यालयको ट्रयाक सुट, जुत्ता तथा पुस्तक बोक्ने झोला, जिल्लाका अन्य ४२ जना नेत्रहीन नागरिकलाई न्यानो कपडा तथा कोरोना सङ्क्रमणको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको प्रतिष्ठानका सदस्य लिङखिमले जानकारी दिनुभयो । 

आगामी दिनहरूमा समेत थप सामाजिक उत्तरदायित्व अन्तर्गतकै कार्यहरूलाई निरन्तरता दिँदै जाने उहाँको भनाई थियो । बि. सं. २००४ सालमा जन्मिनु भएका रणबहादुर २०२५ सालमा बृटिस आर्मीमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त हुनु भएका रणबहादुरको २०५३ साल असोज ९ गते निधन भएको थियो । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १८:२२

कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते

जन्मदिनको अवसरमा पौडेलद्वारा नेत्रज्योति सङ्घ ताप्लेजुङको ‘बृहत् अक्षयकोष’ लाई १ लाख १ हजार प्रदान

ताप्लेजुङ । आफ्नो जन्मदिनको अवसर पारेर ताप्लेजुङका व्यवसायी तथा नेपाल

सुनको मूल्य ऐतिहासिक विन्दुमा : तोलाको एक लाख ९१ हजार पुग्यो

ताप्लेजुङ् ।  सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । आज

पाथीभरा गाडी दुर्घटनाः घाईते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा