भुपु बृटिस आर्मी स्वर्गीय रणबहादर लिङखिमको स्मृतिमा खेलमैदान निर्माणका १ लाख बढि सहयोग



ताप्लेजुङ । भुपु बृटिस आर्मी स्वर्गीय रणबहादर लिङखिम स्मृति प्रतिष्ठानले खेलमैदान निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । भुपु बृटिस आर्मी स्वर्गीय लिङखिमको २८औँ स्मृति दिवसको अवसरमा बुधबार ताप्लेजुङको मैवाखोला माद्यमिक बिद्यालय तेम्बेको खेलमैदान निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । 

खेल–मैदान निर्माणका लागि नगद १ लाख १ हजार १ सय रुपैयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बूमार्फत विद्यालयको खातामा जम्मा हुने गरि पठाइएको प्रतिष्ठानका सदस्य दिनेश लिङखिमले जानकारी दिनुभएको छ । 

बि. सं. २०७७ सालमा स्व। लिङखिमका श्रीमती सञ्चरानी लिङखिमको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । प्रतिष्ठानले गत वर्ष सदरमुकाम भित्रको एक विद्यालयमा साढे दुई सय विद्यार्थीलाई २ लाख ५० हजार बढीको शैक्षिक सामाग्री बितरण गरेको थियो । 

त्यस्तै अघिल्ला वर्षहरूमा ४२ जना फरक क्षमता भएका विद्यार्थीहरूलाई विद्यालयको ट्रयाक सुट, जुत्ता तथा पुस्तक बोक्ने झोला, जिल्लाका अन्य ४२ जना नेत्रहीन नागरिकलाई न्यानो कपडा तथा कोरोना सङ्क्रमणको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको प्रतिष्ठानका सदस्य लिङखिमले जानकारी दिनुभयो । 

आगामी दिनहरूमा समेत थप सामाजिक उत्तरदायित्व अन्तर्गतकै कार्यहरूलाई निरन्तरता दिँदै जाने उहाँको भनाई थियो । बि. सं. २००४ सालमा जन्मिनु भएका रणबहादुर २०२५ सालमा बृटिस आर्मीमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त हुनु भएका रणबहादुरको २०५३ साल असोज ९ गते निधन भएको थियो । 

प्रकाशित मिति : 6:22 pm

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र