पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 



ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनाको भेटी सार्वजनिक गरिएको हो । 

समितिका  कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा ६ लाख ९१ हजार र भदौ महिनामा ११ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ  गरि जम्मा १८ लाख २६ हजार ५ सय ५५ रुपैयाँ  भेटी सङ्कलन  गरिएको छ । समितिले हरेक महिना भेटीघाटी सार्वजनिक गर्दै आएपनि केही महिना यता भने क्षेत्र विकास समिति विहीन भएको कारण भेटीको विवरण सार्वजनिक भएको थिएन । 

संघिय सरकारले क्षेत्र विकासलाई प्रदेशमा हस्तान्तरण गरेपश्चात् समिति विहीन बनेको थियो । अध्यक्ष रक्कि थेवे र कार्यकारी निर्देशक हाङबाहाङले संयुक्त रुपमा सर्वोच्च अदालतमा पुनर्बहालीका लागि  रिट दर्ता गरेसँगै अदालतले उहाँहरूको पक्षमा फैसला गरेको हो । 

समिति बिहिन बनेको क्षेत्र विकासमा अदालतले पुरानै समितिलाई पुन जिम्मेवारी दिने फैसला गरेसँगै समितिले आफ्ना कामलाई अगाडि बढाउँदै भेटी घाटीको विवरण सार्वजनिक गरेको छ । यस्तै पाथिभरा (मुक्कुलुङ)मा साउनमा १ हजार ९ सय  ५५ र भदौमा ९ हजार ९ सय ३९ जना तीर्थयात्री पुगेका थिए ।

यहाँ वार्षिक लाखौँको सङ्ख्यामा देश तथा विदेशबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : 9:59 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका