फक्ताङलुङमा सवारी दुर्घटना हुँदा एक घाईते




ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप दुर्घटना हुँदा एक घाईते हुनु भएको छ । शनिबार दिउँसो २ः३० बजे सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नं. को पिकअपलाई बाटो माथिबाट पहिरो संगै आएको ढुङ्गाले लागि दुर्घटना हुदा पिकअपमा सवार फक्तालुङ गाउँपालिका वडा नं.३ तावा बस्ने अन्दाजि बर्ष २६ की निर्मला गुरुङ घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरि निरिक्षक विवेक वस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते गुरुङको टाउँकोमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । पिकअप चालक सोही ठाउँका अन्दाजि बर्ष १९ को रुपेश सुनुवार प्रहरीको सम्पर्कमा रहेको जनाईएको छ ।

प्रकाशित मिति : 7:17 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था