याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन



काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यमा क्रमसः कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बामा निर्वाचित भएका छन । भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ वर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारलाई मासिक ११५१ रुपैयाँका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन्

प्रकाशित मिति : 6:51 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा