खगेन सिंह हाङ्गाम बने कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री 




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङ क्षेत्र नं. २ बाट निर्वाचित सासंद खगेन सिंह हाङ्गाम कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको छ । शुक्रबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विस्तार गर्नुभएको मन्त्रिमण्डलमा हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

कांग्रेस– एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि कोशी प्रदेश सरकारमा सहभागी भएको काँग्रेसबाट हाङ्गामसँगै भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै (शुक्रबार) बिहान पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।  कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिनु भएको हो ।

नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन् । 

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसक्नु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १४:३०

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, कञ्चनजङ्घामा एक करोड बढी संकलन

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको