खगेन सिंह हाङ्गाम बने कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री 




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङ क्षेत्र नं. २ बाट निर्वाचित सासंद खगेन सिंह हाङ्गाम कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको छ । शुक्रबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विस्तार गर्नुभएको मन्त्रिमण्डलमा हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

कांग्रेस– एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि कोशी प्रदेश सरकारमा सहभागी भएको काँग्रेसबाट हाङ्गामसँगै भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै (शुक्रबार) बिहान पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।  कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिनु भएको हो ।

नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन् । 

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसक्नु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १४:३०

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ