फुङलिङ नगरपालिकाको पर्यटन समिति अध्यक्षमा हर्कराज गुरुङ चयन




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकाले नगरपालिकाको पर्यटन समिति अध्यक्षमा हर्कराज गुरुङलाई चयन गरेको छ । बिहीबार भएको नगरको ४६ औँ कार्यपालिका बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समितिको सदस्य सचिवमा कृष्ण प्रसाद सुवेदी, सदस्यहरूमा सिता नेपाल (कार्यपालिका सदस्य ), सुरेश लिम्बू  (होटेल व्यवसायी ), राजेन्द्र भारती (घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङ अध्यक्ष ), खेम केसी (उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ ) , पाथीभरा क्षेत्र विकास समिति, आनन्द गौतम ( पत्रकार महासङ्घ अध्यक्ष ) र इन्जिनियर आर्दश अधिकारी चयन हुनुभएको  छ ।

नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी, तथ्याङ्क सङ्कलन गरी पर्यटकीय क्षेत्रको विकास गर्नका लागि नगरपालिकाले नगर पर्यटन समिति गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : 2:12 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ