अरिङ्गालले टोकेर घाइते भएका सिरिजङ्घाका लिम्बूको मृत्यु



ताप्लेजुङ । अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ। पाँच दिनअघि अरिङ्गालले टोकेर गम्भीर घाइते भएको लिम्बूको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको हो।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार उपचारका क्रममा लिम्बूको सोमबार राति मृत्यु भएको हो। गत बिहीबार आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो।

करिव ६० वटाभन्दा बढी अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएका लिम्बूलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्राथमिक उपचार गरी थप उपचारका लागि झापा पु¥याएको थियो। झापाको विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार सुरु भएको चार दिनपछि लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखापत्र अनलाइन

प्रकाशित मिति : 6:47 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले