ताप्लेजुङको खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार



ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाइँको नेतृत्वमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आइतबार उद्धार गरी लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएको छ । अस्वस्थ्य र कमजोर अवस्थामा भेटिनुभएका व्यक्तिलाई फक्ताङ्लुङ गाउँपालिकाको एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकीमा पुर्‍य ाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार सिँवा प्रहरी चौकीबाट खटेको टोलीसमेतको सहयोगमा अलैँची बगानदेखि कपडाको डोली बनाई बोकेर सडकको पहुँच भएसम्म निकालिएको थियो । सडकमा निकालेपछि एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकी पुर्‍य ाएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

अनुमानित ४० देखि ४५ वर्ष उमेरका तराई मूलका जस्ता देखिने व्यक्तिको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको छ । अध्यक्ष लिम्बूका अनुसार नाम, ठेगाना बनाउन नसक्ने ती व्यक्तिले सामान्य हिन्दी भाषा भने बोल्ने गरेका छन् । स्थानीयका अनुसार बेवारिसे अवस्थामा फेला परेका व्यक्ति केही हप्ता अघिदेखि नै अलैँची बगानभित्रको एक ओडारमा रहँदै आएका थिए ।

जङ्गलबाट उद्धार गरिएपछि स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएका उहाँलाई बेवारिसे मानवको संरक्षण गर्ने संस्था वा आफन्तको खोजी गरी पठाउने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । gorkhapatraonline.com

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १७:२८

कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते

जन्मदिनको अवसरमा पौडेलद्वारा नेत्रज्योति सङ्घ ताप्लेजुङको ‘बृहत् अक्षयकोष’ लाई १ लाख १ हजार प्रदान

ताप्लेजुङ । आफ्नो जन्मदिनको अवसर पारेर ताप्लेजुङका व्यवसायी तथा नेपाल

सुनको मूल्य ऐतिहासिक विन्दुमा : तोलाको एक लाख ९१ हजार पुग्यो

ताप्लेजुङ् ।  सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । आज

पाथीभरा गाडी दुर्घटनाः घाईते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा