ताप्लेजुङको खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार



ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाइँको नेतृत्वमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आइतबार उद्धार गरी लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएको छ । अस्वस्थ्य र कमजोर अवस्थामा भेटिनुभएका व्यक्तिलाई फक्ताङ्लुङ गाउँपालिकाको एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकीमा पुर्‍य ाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार सिँवा प्रहरी चौकीबाट खटेको टोलीसमेतको सहयोगमा अलैँची बगानदेखि कपडाको डोली बनाई बोकेर सडकको पहुँच भएसम्म निकालिएको थियो । सडकमा निकालेपछि एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकी पुर्‍य ाएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

अनुमानित ४० देखि ४५ वर्ष उमेरका तराई मूलका जस्ता देखिने व्यक्तिको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको छ । अध्यक्ष लिम्बूका अनुसार नाम, ठेगाना बनाउन नसक्ने ती व्यक्तिले सामान्य हिन्दी भाषा भने बोल्ने गरेका छन् । स्थानीयका अनुसार बेवारिसे अवस्थामा फेला परेका व्यक्ति केही हप्ता अघिदेखि नै अलैँची बगानभित्रको एक ओडारमा रहँदै आएका थिए ।

जङ्गलबाट उद्धार गरिएपछि स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएका उहाँलाई बेवारिसे मानवको संरक्षण गर्ने संस्था वा आफन्तको खोजी गरी पठाउने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । gorkhapatraonline.com

प्रकाशित मिति : 5:28 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको