पाथिभरामा केबलकार निर्माणको पक्षमा मोटरसाइकल र्‍याली, चित्रकला मार्फत विरोध 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  ‘हरेक विकासमा युवाहरूको साथ र सहयोग छ’ भन्ने सन्देश दिन सदरमुकाम फुङलिङमा आज जिल्लाका युवाले शान्तिपूर्ण मोटरसाइकल र्‍याली निकालेका छन् । विकास प्रेमि युवा समाजको आयोजनामा प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको समर्थनमा  मोटरसाइकल र्‍याली निकालिएको हो । 

फुङ्लिङस्थित नयाँ बसपार्कबाट सुरु भएको मोटरसाइकल र्‍याली बजार परिक्रमा गरी सुकेटार पुगेर पुनः बजार फर्किएर जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइ अन्त्य भएको थियो। मोटरसाइकल र्‍यालीमा करिव दुईसय ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।  

केबलकार परियोजनाको प्रक्रिया सुरु भएदेखि नै विरोध हुँदै आएका कारण अहिलेसम्म काम थाल्नमा अवरोध पुगिरहेको बेला स्थानीय युवा जमातले स्वतःस्फूर्त रुपमा केबलकारको समर्थनमा र्‍याली निकालेका हुन्। समय अनुसारको विकास आवश्यक भएकाले विकासमा ‘युवा बाधक होइनन् साधक हुन्’ भन्ने सन्देश दिन र्‍यालीको मुख्य उद्देश्य रहेको उनीहरूको भनाई रहेको छ ।

यस्तै केबलकारको विरोधमा पाथिभरामा चित्रकला बनाउने कार्य सुरु भएको छ । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति र केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिको प्रतिरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै किरात याक्थुङ चुम्लुङको आयोजनामा काठमाडौंका कलाकारहरू मार्फत चित्रकला बनाइएको हो । 

पाथिभरामा केबलकार बनाउन हुँदैन, प्रकृतिको विनाश गर्न हुँदै, रूख कटान गर्न हुँदै भन्ने सन्देश प्रवाह गर्न विभिन्न आर्ट बनाइएको बताइएको छ । शनिबारबाट बनाउन सुरु गरिएको उक्त चित्रकलालाई भदौ २५ गते सदरमुकाम फुङलिङमा प्रर्दशनी गरिने बताइएको छ । 

पाथीभरामा पाथीभरा (मुक्कुमलुङ) देवी दर्शन केबलकार प्रा.लि.ले केबलकार निर्माण गर्न लागेको हो । प्रा.लि.ले केबलकार परियोजनाको प्रक्रिया सुरु गरेदेखि नै मुन्धुमीस्थलमा अतिक्रमण गर्न लागिएको भन्दै विभिन्न सङ्घर्ष समिति गठन गरी विरोध गर्न थालिएको हो ।

परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितका प्रक्रिया पुरा भई रुख कटानसमेत भइसकेको छ ।

प्रकाशित मिति : 7:52 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ