पाथिभरामा केबलकार निर्माणको पक्षमा मोटरसाइकल र्‍याली, चित्रकला मार्फत विरोध 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  ‘हरेक विकासमा युवाहरूको साथ र सहयोग छ’ भन्ने सन्देश दिन सदरमुकाम फुङलिङमा आज जिल्लाका युवाले शान्तिपूर्ण मोटरसाइकल र्‍याली निकालेका छन् । विकास प्रेमि युवा समाजको आयोजनामा प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको समर्थनमा  मोटरसाइकल र्‍याली निकालिएको हो । 

फुङ्लिङस्थित नयाँ बसपार्कबाट सुरु भएको मोटरसाइकल र्‍याली बजार परिक्रमा गरी सुकेटार पुगेर पुनः बजार फर्किएर जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइ अन्त्य भएको थियो। मोटरसाइकल र्‍यालीमा करिव दुईसय ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।  

केबलकार परियोजनाको प्रक्रिया सुरु भएदेखि नै विरोध हुँदै आएका कारण अहिलेसम्म काम थाल्नमा अवरोध पुगिरहेको बेला स्थानीय युवा जमातले स्वतःस्फूर्त रुपमा केबलकारको समर्थनमा र्‍याली निकालेका हुन्। समय अनुसारको विकास आवश्यक भएकाले विकासमा ‘युवा बाधक होइनन् साधक हुन्’ भन्ने सन्देश दिन र्‍यालीको मुख्य उद्देश्य रहेको उनीहरूको भनाई रहेको छ ।

यस्तै केबलकारको विरोधमा पाथिभरामा चित्रकला बनाउने कार्य सुरु भएको छ । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति र केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिको प्रतिरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै किरात याक्थुङ चुम्लुङको आयोजनामा काठमाडौंका कलाकारहरू मार्फत चित्रकला बनाइएको हो । 

पाथिभरामा केबलकार बनाउन हुँदैन, प्रकृतिको विनाश गर्न हुँदै, रूख कटान गर्न हुँदै भन्ने सन्देश प्रवाह गर्न विभिन्न आर्ट बनाइएको बताइएको छ । शनिबारबाट बनाउन सुरु गरिएको उक्त चित्रकलालाई भदौ २५ गते सदरमुकाम फुङलिङमा प्रर्दशनी गरिने बताइएको छ । 

पाथीभरामा पाथीभरा (मुक्कुमलुङ) देवी दर्शन केबलकार प्रा.लि.ले केबलकार निर्माण गर्न लागेको हो । प्रा.लि.ले केबलकार परियोजनाको प्रक्रिया सुरु गरेदेखि नै मुन्धुमीस्थलमा अतिक्रमण गर्न लागिएको भन्दै विभिन्न सङ्घर्ष समिति गठन गरी विरोध गर्न थालिएको हो ।

परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितका प्रक्रिया पुरा भई रुख कटानसमेत भइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १९:५२

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ