फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको छ । शुक्रबार तिजको अवसरमा आयोजित कार्यक्रमका बिच दुई असल बुहारीलाई सम्मान–पत्रले समान गरेको हो । नगरपालिकाको वडा नं. ९ का सिमा गौतम अधिकारी र गितादेवी भट्टराईलाई नगर प्रमुख अमिर मादेन, उप–प्रमुख भिमादेवी ओझाले संयुक्त रुपमा दोसल्ला ओढाएर साथै सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

नगर उप–प्रमुख भिमादेवी ओझाले समाजमा सकरात्क सन्देश प्रवाह गर्नका लागि असल बुहारीलाई सम्मान गर्ने गरिएको बताउनुभयो । तिज कार्यक्रममा नगरका विभिन्न आमा समुहको नृत्य र सचेतनामुलक नाटक समेत प्रर्दशन गरिएको थियो । फुङलिङ नगरपालिकाको आयोजना भएको तिज कार्यक्रममा विभिन्न महिलाहरुले तिजसँग सम्बन्धीत रचना समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 8:06 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा