फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको छ । शुक्रबार तिजको अवसरमा आयोजित कार्यक्रमका बिच दुई असल बुहारीलाई सम्मान–पत्रले समान गरेको हो । नगरपालिकाको वडा नं. ९ का सिमा गौतम अधिकारी र गितादेवी भट्टराईलाई नगर प्रमुख अमिर मादेन, उप–प्रमुख भिमादेवी ओझाले संयुक्त रुपमा दोसल्ला ओढाएर साथै सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

नगर उप–प्रमुख भिमादेवी ओझाले समाजमा सकरात्क सन्देश प्रवाह गर्नका लागि असल बुहारीलाई सम्मान गर्ने गरिएको बताउनुभयो । तिज कार्यक्रममा नगरका विभिन्न आमा समुहको नृत्य र सचेतनामुलक नाटक समेत प्रर्दशन गरिएको थियो । फुङलिङ नगरपालिकाको आयोजना भएको तिज कार्यक्रममा विभिन्न महिलाहरुले तिजसँग सम्बन्धीत रचना समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 8:06 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान