अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित



रेडियो काबेली
ताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित हुनुभएको छ । बिहीबारदेखि सदरमुकाम फुङ्लिङमा सुरु भएको १२ औँ जिल्ला सम्मेलनमा पन्दाक ७९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी तेन्जित कार्कीले ५४ मत प्राप्त गर्नुभयो भने ४ मत बदर भएको थियो ।

सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने प्रयास सफल नभएपछि शुक्रबार निर्वाचन गरिएको थियो । समितीको उपाध्यक्षमा रोसन सावादेन,काजीमान विष्ट, मनिता रसाईली चयन हुँदा सचिवमा हेमन्त पौडेल, सह–सचिवमा रानु गुरुङ, मिलन कालिकोटे, निकिता आङबुहाङ, र कोषाध्यक्षमा सुजन अन्छङ्बो सहित ३९ सदस्यीय जिल्ला समिती चयन भएको छ

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार १९:४१

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, कञ्चनजङ्घामा एक करोड बढी संकलन

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको