अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित



रेडियो काबेली
ताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित हुनुभएको छ । बिहीबारदेखि सदरमुकाम फुङ्लिङमा सुरु भएको १२ औँ जिल्ला सम्मेलनमा पन्दाक ७९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी तेन्जित कार्कीले ५४ मत प्राप्त गर्नुभयो भने ४ मत बदर भएको थियो ।

सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने प्रयास सफल नभएपछि शुक्रबार निर्वाचन गरिएको थियो । समितीको उपाध्यक्षमा रोसन सावादेन,काजीमान विष्ट, मनिता रसाईली चयन हुँदा सचिवमा हेमन्त पौडेल, सह–सचिवमा रानु गुरुङ, मिलन कालिकोटे, निकिता आङबुहाङ, र कोषाध्यक्षमा सुजन अन्छङ्बो सहित ३९ सदस्यीय जिल्ला समिती चयन भएको छ

प्रकाशित मिति : 7:41 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि