उहिलेको तिज



अर्पना बुढाथोकी
ताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई मेरी आमाले मनाएको तिजको खुबै याद आयो । अहिलेका महिला दिदीबहिनीहरु तिज शुरु हुनु भन्दा महिनौ अगाडीबाट तिज मनाउन थाल्छन् त्यो पनि होटेल र पार्टी प्यालेस तिर । तिज सकिएको महिनादिन सम्म पनि तिज मनाउन छोड्दैनन त्यो पनि महँगा, महँगा रक्सी र बियरको साथ पुलौ मासु खायर हिरा, सुन , चाँदी लगायतका महँगा गहनाहरु महँगा कपडाहरु प्रदर्शन गरेर ।

अहिलेको आधुनिक तिज पश्चिमा संस्कृतिमा रुमलिएको छ खै कहाँ गए तिजमा खाने खिर ? ढकने ? गुन्द्रुकको सादेको अचार ? महिनै अघिबाट तिजलाई साचेर राखेको काक्राको खल्पी,मुलाको अचार अनि सिजनमा पाइने डउठे निगुरोको अचार सब सम्झनामा मात्र सिमित भए । पश्चिमा संस्कृति र बिदेशी सिकाइको अन्त्य गरि हामीले हाम्रो संस्कृति बचाउन सकियन भने भोलिका पिढीले के सिक्ने ? यसमा हरेक वडा नगर हुँदै सरकारको तर्फबाट पनि पहल हुनु आवश्यक देखिन्छ । यसै सन्दर्भमा म मेरी आमाले मनाउने तिज कस्तो थियो त्यो कथा सुनाउन उचित ठानेकी छु ।

कथा यसरी सुरु हुन्छ साउन महिनाको चटारो जुन धान रोपाइ पछि कोदो रोप्ने काम संगै भदौको सुरुवात हुन्छ । पहाडको त्यो गाउँघरमा मकै पाकेर अर्थात् बर्खाको बाली उठाउने सिजन अझै भन्ने हो भने मकै भाचेर उज्यालो देखिने गाउँ अनि तिजले ढपक्कै छोपिसकेको हुन्छ । अहिलेको आधुनिक तिज भन्दा फरक तरिकाले मेरी आमाले तिज मनाउथिन् । जुन तिज अहिले सम्झनामा मात्र सिमित भएको छ ,म अहिले त्यही तिजलाई सम्झिदै छु , बर्खायामको सबै काम सकेर मेरी आमा तिजमा माइत जाने दिन गनेर बसेकी हुन्छिन् मकै भाची सकेको हुन्छ । रोपेको कोदो सरेर हरियाली देखिन्छ । बारीको डिलमा आमा ,छोरी बसेका हुन्छुम । मकैको ढोड हातमा लिदै मेरी आमा भन्छिन्, –‘ काम पनि सकियो यस्पाली त तिजमा माइत जानू छ पोहोर पनि सुत्केरी थिए माइत जान पाइन संगै खेले, हुर्केका साथीहरूसंग पनि भेट हुन्छ नै, अनी रमाइलो गरि तिज मनाउला ।’

आमाले खुसी हुँदै तिजको बेलीविस्तार सुनाउछिन् । मैले पनि उत्साहित मोडमा सोध्छु आमा बैनी हेर्न मलाई नि मावला लैजाउ है आमाले मलाई हेर्दै भन्छिन तेरो मावला जाने नयाँ लुगा नै छैन् के लगाएर जान्छेस फेरि मैले निरास हुँदै भन्छु आमा मेरो स्कुल जाने सट् फरक छ त त्यही लगाएर जान्छु नि हुन्न रु र मेरो आमाले हातमा लिएको ढोड दाँतले टोक्दै भन्छिन्, –‘हेर न नानी भोलि त तीजको अन्तिम हटिया लाग्छ नि पैसा छैन नयाँ लुगा चुरा पोते किन्न लाई आफ्नो त ३ वर्ष अगाडिको फरिया र चोली छ फेर्न सकियन, यस्पाली पनि तेहि लगायर जानू छ भोलि चुरा पोते चाहिँ किन्नु पर्ला सबै साथीहरुले नयाँ गरगहना नयाँ फरिया फेरेर आउलान आफ्नो भने हेर्न नानी कानमा सुन यहि हो भन्दै कानमा त्यो टोकेको मकैको ढोडलाई कानमा सिन्का लगाएकी छु । ’

आमाको यो कुरा सुनेपछि म नाजवाफ भए पुलुक्क आमा तिर मात्र हेरे आमाले फेरि भनिन् हिंड् अब घर जाउ भोलि हटिया गएर चुरा धागो किनेर मामल जाउला नि , हामी त्यहाँ वारि बाट उठेर घर तिर लागिउ । भोलिपल्ट हुन्छ मेरि आमा हटिया जान्छिन अनि बेलुका आफ्नो लागि चुरा, धागो, चिमटी, २५ रुपैया पर्ने चप्पल लेर आउछिन अनि मेरो लागि पनि कपाल बात्ने रिबन त्यहि दाम पर्ने चप्पल अनि चुरा लेइदिन्छिन अनि म खुशी हुन्छु मेरि आमा पनि हिजो भन्दा खुसी नै देखिन्छिन ।

बिहान उज्यालो घाम लागेको थियो म बिझिदा वरि परि गाउँका आमाका दामले साथी हरु भेला भएका रहेछन तल्लो घरका डल्लि , भुन्टि , डबली,कालि , माथ्लो घरका साइली माइली वल्लो घरका ठुली माइली पल्लो घरका ठुली कान्छी कान्छी सबै जना त्यो हल्ला मेरो कानमा पर्यो अनि म पनि उठे सबै जना फरिया र चोली लगाएर रमाइलो गर्दै थिए सबै जना मन्दिरमा जाने रे ,रमाइलो गर्ने रे म पनि हात मुख धोएर ठिक परे सबै जना हातमा पुजा थाली बोकेर मन्दिर तिर लागियो केही बेरमा मन्दिर पुगियो फुलपाती चढाइयो अनि मलाई सानी बैनी दिएर मन्दिरको एक छेउमा राखेर आमा हजुर आमा ,आमाका बच्चापनका धेरै साथीहरु नाँच्न सुरिलो स्वरमा गाउन थाले । तिजका भाका अनि सङिनी हरु गुन्जिन थाले ,घन्टौसम्म नाचेर रमाइलो गर्दै थिए मलाई र बैनिलाई खाना खान मामा लिन आउनुभयो।

अर्को दिन तिजको दर खाने अघिल्लो दिन हुन्छ ,त्यो दिन हामीलाई लिन मामा आउने दिन बिहानै उठेर मेरी आमाले बाकसबाट आफ्नो पुरानो फरिया र चोली झिक्छिन अनि नानी तेरो लुगा पनि यहाँ ले त धुनुपर्छ भन्छिन । म खुरुरुर कुदेर जान्छु र त्यही स्कुल जाने सट् र फरर्क लेउछु ममीले मावला जाने लुगा धोयर सुकाउनु हुन्छ अनि भिजायको चामल लियर ढिकीमा हिंड् नानी म कुत्छु तैले घान ठेल्दिनु पर्छ भन्नू हुन्छ हामी खुसी भएर कुचो बोकेर ढिकी तिर लाग्छै पिठो कुटेर लिएर आउँदा मामा पनि हामीलाई लिन आइपुग्नु हुन्छ ,आहा १ मामालाई देखेर खुसी भएकि म त्यही माथि मामाले ल्याईदिएको चक्लेटले फुरुर्क म बेलुका हुन्छ खाना खाएर सुतिन्छ ।

तिजको दिन अर्थात दर खाने दिन बिहानै सधै भन्दा म छिटो उठ्छु अनि म उठ्दा सबेरै आमा सेलरोटी पकाउदै गरेकी हुन्छिन् । बा गाई गोठबाट गाई,भैंसी दिएर लिएर आउनु हुन्छ अर्को अँगेनाको चुलोमा एउटामा सेलरोटी त अर्कोमा बाले कुराउने पकाउनु थाल्नु हुन्छ म सानी बैनी हेर्दै बाहिर भित्र गर्दै हुन्छु मामा पनि चुलोको छेउमा बस्नु भएको हुन्छ मेरि आमाले हामीलाई सेल रोटी खान दिनु हुन्छ त्यस्पछी खाना बनाउनु हुन्छ खाना खाइ सके पछि मेरि आमाले मलाई सट् फर्क लाइदिनु हुन्छ हटियाबाट किनेर ल्यायका सिङ्गारका सामान अनि म खुसी हुँदै चप्पल लाउछु आमा पनि ठिक पर्नु हुन्छ मावला जान तयार भएका हामी अनि अघि पकाएको सेलरोटी र कुरौने कोसेलीको झोला बोकेर मलाई हिड् भन्नू हुन्छ । म अगाडी हिंड्छु , मामा सानी बैनी बोक्नु हुन्छ अनि अनि हामी तिनै जना मावाला लाग्छुम बाटोमा पानी पर्छ हामी गाउँ भएको ठाँउमा केराको पात चुडेर ओड्छौ जङ्गलमा कर्कलाको ठुलो पात चुडेर ओडेर जान्छौ ।

बाटोमा खाजाको लागी सेलरोटी हुन्छ बीच बाटोमा खाइन्छ, मावाला पुग्ने बेला बाटोमा एउटा खोला थियो ,त्यो खोलामा बाढी आएको हुन्छ मामाले मलाई बोकेर खोला तार्नु हुन्छ अनि फेरि आमालाई हातमा समातेर तार्नु हुन्छ हामी खोला तरेर उकालो बाटो लाग्छौ केही बेरमा हामी मामा घर नजिक पुगेर त्यो थकित शरीरलाई म एकैछिन उभिएर माथि फर्केर हेर्छु त्यही बेला आँगनीको डिलमा बसेर हजुर आमा हामीलाई नै कुरेर बस्नुभएको हुन्छ । हजुर आमाको नजर पनि हामी तिर ठोक्किन्छ ,अनि आमै नि मेरो छोरा छोरी नातिनीहरु भुतुक्क गलेर आइपुगे भन्दै त्यहाँबाट उठ्नु हुन्छ त्यति भन्दैमा हामी मामा घर पुगिन्छ आमा हतपत घर भित्र छिर्नु हुन्छ हामी बाहिर खाटमा बस्छौ अनि भित्रबाट हजुर आमाले हामीलाई पानी ल्याएर खान दिदै भन्नू हुन्छ , दर सेलाइ सक्यो किन आउन ढिला भयो नानी ,मेरि आमाले जवाफ दिनु हुन्छ ।

बाटोमा पानी परेर ढिला भयो आमा त्यहि माथी चिप्लो बाटो यति भन्दै रोकिनु हुन्छ , फेरी हजुर आमा भित्र छिर्दै भन्नुहुन्छ भोक पनि लाग्यो होला बिहान कति बेला हिडेको म दर तताउछु अनि खानु पर्छ है बेलुका भईसकेको हुन्छ । हामी पनि ५,६ घण्टाको बाटो हिडेर थाकेका हुन्छौ यतिकैमा हजुर आमाले हात धुने पानी दिदै लु उठ नानी हो दर खाउ गोडा पनि धुखेको होला अहिले दर खाएर तातो पानीले धुनु पर्छ अनि तोरिको तेल ततायर लगाउनु पर्छ भन्नू हुन्छ अनि हामी हात धोयर दर खान भुइमा काठको पिरा र खोसटाको पिरामा पलेटि कसेर बस्छौ हजुर आमाले खिर अनि आलु र सिमिको तरकारी गुन्द्रुक को सादेको अचार,काकराको खल्पी,गाई भैसिको दहि दिनु हुन्छ आहा अहिले सम्झिदा पनि जिब्रोबाट पानी रसाउछ केही छिन पछि खाइ सक्छौ हजुर आमाले तेल तताउनु हुन्छ अनि तातो पानीले गोडा धुन्छुम त्यसपछि तेल लगायर बिस्तारा तिर जान्छौ ।

हजुर आमाले भन्नु हुन्छ नानिती गलेकी छेस सुत बाबा हामी आमा छोरी गफ गर्छौ अनि १२ बजे फेरि राती दर खानु पर्छ भने पछि म आमा र हजुर आमाको गफ सुन्दै निदाउछु , रातिको १२ बजेछ मेरि आमाले मलाई बोलाउनु हुन्छ नानी ए नानी उठ हजुर आमाले दर पकाउनु भयो दर त राती पो खाने हो त म बिउझन्छु थाकेको शरीर उठ्न मन हुदैन् । फेरि हजुर आमाले पनि आइज नानिती दर खाएर सुति हाल न म उठेर दर खान जान्छु हजुर आमाले अघि झै हात धुने पानी लोटामा दिनु भो अनि गयर पिरामा बसे हजुर आमाले त ढकने पकाउनु भएको रहेछ अघि झै सब्जी अचार दहि थियो सबैले खाइयो अनि फेरि त्यही बिस्तारा तिर लागे मेरि आमा र हजुर आमा त सुत्नु भएको नै रहेनछ आमाले भन्नू भयो अब दर खाइयो सबै जना सुत्नु पर्छ आमाले हजुर आमाको पुरानो फरिया र चोलो फेरेर सुत्नु भयो म त्यतीकै सुते मामा र हजुर आमा पनि आफ्नै बिस्तारा तिर लाग्दै ल सबै सुत्नु पर्छ बिहान सबेरै उठ्नु छ
हामी सबै सुत्यो ।

तिज मेरीआमाले अहिले जस्तो आमा ,छोरी पार्टी प्यालेसमा भेला भएर डिस्को गएर महंगा गरगहना र महंगा कपडा फेरेर होइन तिन साल पुरानो फरिया र कानमा मकैको ढोडको सिन्का फेरेर मनाउनु हुन्थयो । अहिलेको तिजले कति आधुनिकता पाएछ तपाईंहरु पनि अनुमान लगाउन सक्नु हुन्छ नै । पहिले र अहिलेको तिज मनाउने तरिकामा कति फरक छ, भोलिका हाम्रा सन्ततिले कसरी मनाउलान त तिज रु के तिजको अस्तित्व रहला त रु तिज नै नरहने पक्का छ । यहि चलन चल्तीलाई अंगाल्ने हो भने वास्तवमा तिजलाई विकृति तिर धकेल्नु भन्दा संस्कृति बचाउन तिर लाग्नु पर्दछ । यसमा स्थानीय निकायले पनि ध्यान दिनु जरुरी देखिन्छ , किनकी आफनो वडा नगरमा कसरी चार्डपर्व मनाउदै आएको छ कतै विकृति त फैलिएको छैन् भनेर चासो दिनुपर्छ । तिज भड्किलो होइन, संस्कृतिमूलक बनाउन राज्य स्वयम जिम्मेवार बन्नु पर्ने देखिन्छ ।


बिहान उज्यालो घाम लागेको थियो म बिझिदा वरि परि गाउँका आमाका दामले साथी हरु भेला भएका रहेछन तल्लो घरका डल्लि , भुन्टि , डबली,कालि , माथ्लो घरका साइली माइली वल्लो घरका ठुली माइली पल्लो घरका ठुली कान्छी कान्छी सबै जना त्यो हल्ला मेरो कानमा पर्यो अनि म पनि उठे सबै जना फरिया र चोली लगाएर रमाइलो गर्दै थिए सबै जना मन्दिरमा जाने रे ,रमाइलो गर्ने रे म पनि हात मुख धोएर ठिक परे सबै जना हातमा पुजा थाली बोकेर मन्दिर तिर लागियो केही बेरमा मन्दिर पुगियो फुलपाती चढाइयो अनि मलाई सानी बैनी दिएर मन्दिरको एक छेउमा राखेर आमा हजुर आमा ,आमाका बच्चापनका धेरै साथीहरु नाँच्न सुरिलो स्वरमा गाउन थाले । तिजका भाका अनि सङिनी हरु गुन्जिन थाले ,घन्टौसम्म नाचेर रमाइलो गर्दै थिए मलाई र बैनिलाई खाना खान मामा लिन आउनु भयो ।

हामी घर तिर लागियो खाना खाएर गाउँका साना केटाकेटीहरु संग् खेलियो आमाहरु त सााझ सम्म पानी पनि नखाई व्रत बसेर दिन बिताउनुभयो । सााझमा घर फर्किनु भयो सबै आमाका साथीहरु आ– आफ्नो माइती घर तिर लागे छुट्ने बेलाको कति दिन बस्ने भन्दै सोधी खोजी भयो । बेलुकाको खाना पनि मामाले नै तयर गर्नु भएको थियो ,सबैले खाना खाइयो सुतियो । अर्को दिन सबेरै उठ्यो म उठ्दा आमाले हिजो लगाउको फरिया चोली धोउर सुकाउदै हुनु हुन्थियो त्यो दिन हामी बस्ने भईयो । कति आमाका साथीहरु घर फर्किए त्यो दिन बस्ने साथीहरु फेरि मेरी आमा संग गफ गर्न भेला भए । म चाहि बेला बेला आमाहरुका गफ सुन्थे बेला बेला बैनी खेलाउथे । यतिकैमा हजुर आमाले खाना बनाउनु हुन्छ गाउँमा खसी काटेको हुन्छ , मामाले मासु लेउनु हुन्छ अनि हजुर आमाले पकाएको मासु ,भात खाने बेला हुन्छ । आमाका केही साथीहरुको लागि पनि खाना बनाएको हुन्छ सबै खाना खाइन्छ बेलुका आमाको साथीको माइतमा खाना खान निम्तो हुन्छ ।

हामी आएको ३ दिन भईसकेको हुन्छ भोलि हाम्रो नि घर फर्किने दिन हुन्छ दिउँसोको समय आमा र हजुर आमा पिठो कुट्नु हुन्छ बेलुका आमाको साथीको माइतमा खाना खाएर आइन्छ अनि त्यस पछि मामा घरमा हामी घर फर्किनका लागि सेल रोटी पकाउनु हुन्छ सेलरोटी पनि खाइन्छ आमाले भोलिपल्ट सबेरै घर जाने कुरा गर्नु हुन्छ अनि सुतिन्छ । अर्को दिन बिहानै भालेको डाकमा आमा हजुर आमा सबै उठेर मलाइ पनि उठाउनु हुन्छ ,त्यतिबेला नै हजुर आमाले हाम्रो लागि खाना बनाउनु भएको हुन्छ बिहान खाना सब्जी गाई भैसीको दूध सङ खाना खाइन्छ अनि हामी घर फर्किनका लागि मामा र हजुर आमाले बिदाइको टीका लगाइदिनु हुन्छ । दक्षिणा पनि दिनु हुन्छ अनि हामी आफ्नो गन्तब्य तिर लाग्छौ ।

आमाले बिदाइको हात हल्लौदै बिदा गर्नु हुन्छ, मामा चाहिँ हामीलाई खोलो तारेर फर्किन्छु भनेर हामी सङै हिड्नु हुन्छ बाटोमा भेटिएका आमाका साथीहरु संग नि बिदा माग्दै फर्किन्छौ । आमा र मामा दशैमा त तिहारसम्म बस्ने गरि आउनु है दिदी भन्दै यी र यस्तै गफहरु गर्दै त्यतिकैमा खोला तर्ने ठाउ पुगिन्छ मामाले हामिलाइ पालो पालो खोला तार्दिनु हुन्छ अनि राम्ररी जानू है भन्दै मामा फर्किनु हुन्छ आखाले भ्याए सम्म वारि र पारीबाट बिदाइको हात हल्लाउदै घर फर्किन्छौ केही बेर पछि त हामी टाढा पुग्छौ मामालाई देख्नै छोडछौ ,मैले कोसेलीको झोला बोकेको हुन्छु ।

आमाले बैनी अनि २,३ घन्टाको हिडाई पछि एउटा चौतारीमा बस्छौ हजुर आमाले चाम्रे भात खाजा हाल्देको हुन्छ बसेर खान्छौ अनि फेरि हिंड्न् थाल्छौ । यति लामो हिडेपछि एउटा पसल भेटिन्छ ,पसलको छेउमा पुगेपछि म गले झै गर्छु अघि दक्षिणा दिएको पैसाले केही किनेर खान पाए हुन्थियो भनेर यतिकैमा आमाले कुरा बुझ्नु हुन्छ अनि एउटा बिस्कुट किन्दिनु हुन्छ । त्यहि बिस्कुट खादै कोसेलीको झोला बोकेर आमाको अघिअघि हिंड्थे ।

एक, २ घन्टाको हिडाई पछि बल्ल घर आइपुगिन्थियो घरमा आउदा फूपू। हरु दर खान आउनु भएका बसिरहेको हुनुहुन्थियो । आमाले त्यति लामो बाटोको हिडाईमा थाके पनि फूपू हरुलाई खाना बनाएर खान दिनु हुन्थियो घरमा आए पछि आमा आफ्नै दैनिकीमा फर्किनु हुन्थियो । यसरी मनाइन्थियो पहिलेको तिज मेरीआमाले अहिले जस्तो आमा ,छोरी पार्टी प्यालेसमा भेला भएर डिस्को गएर महंगा गरगहना र महंगा कपडा फेरेर होइन तिन साल पुरानो फरिया र कानमा मकैको ढोडको सिन्का फेरेर मनाउनु हुन्थयो ।

अहिलेको तिजले कति आधुनिकता पाएछ तपाईंहरु पनि अनुमान लगाउन सक्नु हुन्छ नै । पहिले र अहिलेको तिज मनाउने तरिकामा कति फरक छ, भोलिका हाम्रा सन्ततिले कसरी मनाउलान त तिज रु के तिजको अस्तित्व रहला त रु तिज नै नरहने पक्का छ । यहि चलन चल्तीलाई अंगाल्ने हो भने वास्तवमा तिजलाई विकृति तिर धकेल्नु भन्दा संस्कृति बचाउन तिर लाग्नु पर्दछ । यसमा स्थानीय निकायले पनि ध्यान दिनु जरुरी देखिन्छ , किनकी आफनो वडा नगरमा कसरी चार्डपर्व मनाउदै आएको छ कतै विकृति त फैलिएको छैन् भनेर चासो दिनुपर्छ । तिज भड्किलो होइन, संस्कृतिमूलक बनाउन राज्य स्वयम जिम्मेवार बन्नु पर्ने देखिन्छ

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार २२:२३

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्