नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजङ्घाकी अञ्जना भट्टराई प्रथम



रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिताका कञ्चनजंघा बोर्डिङ स्कुलकी अञ्जना भट्टराई प्रथम हुनु भएको छ । बुधबार नेपाल रेडक्रस सोसाईटीको ६२ औं स्थापना दिवसको अवसरमा लिटल बुद्ध बोर्डिङको आयोजना र जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङको समन्वयमा भएको वक्तृत्वकला प्रतियोगितामा ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराइ प्रथम हुनुभएको हो ।

लिटलबुद्ध बोर्डिङ स्कुलका सौभाग्य लिम्बू द्धितिय,युवाबर्ष मावि कैंजलेका सुमन विश्वकर्मा तृतिय र मेची सेन्टमेरिज बोर्डिङ स्कुलकी एशिका दाहाल सान्त्वना हुनुभयो । प्रथम भएसँगै भट्टराईले नगद ५ हजार, द्धितीय हुने लिम्बूले ३ हजार,तृतीय हुने विकले २ हजार र सान्त्वना हुने दाहालले नगद एकहजार रुपैयाँ र प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सिद्धकाली मावि दोखुका साजन तामाङ, वासुमावि मेदिवुङका गस्तिहाङ पालुङ्वा, अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका आश्रेया सिग्देल र नवज्योति कञ्चन एकेडेमीका आखिम लिम्बू गरी ८ जना सहभागी हुनुहुन्थ्यो ।

सहभागी सबैलाई नगद ५ सय रुपैयाँको दरले प्रोत्साहन रकम दिईएको आयोजक लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिता ‘विपद्मा रेडक्रस’शीर्षकमा भएको थियो प्रतियोगिताको निर्णायक भुमिका पत्रकार महासंघ ताप्लेजुङका पुर्व अध्यक्ष खगेन्द्र अधिकारीले निभाउनु भएको थियो ।

प्रकाशित मिति : 8:49 pm

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित