सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङद्धारा वन ऐन तथा नियमावली सम्बन्धी गोष्ठी सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङद्धारा वन ऐन तथा नियमावली सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । मंगलबार जिल्लाका सामुदायिक वनका उपभोक्तालाई वन ऐन तथा वन नियमावलीमा भएको व्यवस्थाबारे जानकारी गराउन जिल्ला महासङ्घले गोष्ठी गरेको हो ।
सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध रहेका उपभोक्तालाई नै वन ऐन तथा नियमावलीबारे जानकारी नहुँदा वन संरक्षण र व्यवस्थापनमा चुनौती देखिएपछि ऐन सम्बन्धी जानकारी प्रदान गर्न गोष्ठी गरिएको महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।
गोष्ठीमा जिल्लाका सबै पालिकास्तरीय सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधित्व रहनेगरी करिब २० वटा समूहका ४० जना उपभोक्ताको सहभागिता रहेको र तालिमको सहजिकरण महासङ्घका जिल्ला अध्यक्ष ओझा र एन्साब नामक संस्थाका वन अधिकृत आयुष भट्टराईले सहजीकरण गर्नुभएको छ ।

गोष्ठी वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको सहकार्यमा आयोजना गरिएको र उक्त गोष्ठीले ऐन तथा नियमावलीको बारेमा स्थानीयले जानकारी पाए वन विनाशलाई नियन्त्रण गरी जलवायु परिर्वतनलाई पनि न्युनिकरण गर्न सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।

प्रकाशित मिति : 9:01 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा