ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा १३ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ पर्नुभएको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नंं. ९ का वर्ष २३ का अरुण कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालिकालाई भाद्र १० गते ताप्लेजुङमा बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महतोलाई खोजतलास गर्ने क्रममा भाद्र १४ गते ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको हो । जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरि रहेको प्रहरीको भनाई छ । महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम कारबाही हुने छ ।

प्रकाशित मिति : 7:05 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको