ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा १३ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ पर्नुभएको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नंं. ९ का वर्ष २३ का अरुण कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालिकालाई भाद्र १० गते ताप्लेजुङमा बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महतोलाई खोजतलास गर्ने क्रममा भाद्र १४ गते ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको हो । जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरि रहेको प्रहरीको भनाई छ । महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम कारबाही हुने छ ।

प्रकाशित मिति : 7:05 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला