आठराई त्रिवेणीमा हावाहुरीले दुई घरमा क्षती




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा वडा नंं. ५ चाँगेमा हावहुरीले दुई घरमा क्षती पु¥याएको छ । बुधबार आएको हावाहुरीले चन्द्र बहादुर मगर र दिपेश अन्छङ्बोको घरमा क्षती पु¥याएको वडा अध्यक्ष लक्ष्मण राईले जानकारी दिनुभयो ।

मगरको घरको टिनको छानो उडाउँदा एक लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । त्यस्तै अन्छङ्बोको घरमा पनि हावहुरीले एकलाख रुपैँया बराबरको क्षती पु¥याएको र घर बस्न नमिल्ने भएकाले ससुराली घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई छ । जिल्लामा बुधबारबाट हावहुरी चलिरहेको छ ।

प्रकाशित मिति : 8:44 pm

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित