रास्वपाले जिल्ला कार्य समितिलाई थप चलायमान पार्ने



रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जिल्ला कार्य समितीलाई थप चलायमान बनाउने भएको छ । रास्वपा कोशी प्रदेश समितिको साउन १९ गतेको भेलाले प्रदेश भित्रका १४ जिल्लाहरुमा एकीकृत सांंगठनिक कार्ययोजना तैयार गरि जिल्ला कार्य समितिलाई थप चलायमान पार्ने निर्णय गरेको हो ।

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथर जिल्लाको संगठनलाई चलायमान पार्न प्रदेश ईन्चार्ज ओमनाथ भण्डारी र प्रदेश कमिटी सदस्य तथा ताप्लेजुङ् संयोजक इ. वीरेन्द्र श्रेष्ठले जिम्मेवारी पाउनु भएकोछ । गएको साउन २१ गते पहिलो चरणको र भदौ ८ गते दोस्रो पटक रास्वपा पाँचथर र इ. वीरेन्द्र श्रेष्ठ बिच विभिन्न बिषयमा रणनीतिक छलफल भै अगाडी बढ्ने निधो भएको जानकारी पाँचथर जिल्ला संयोजक देवेन्द्र कुवरले जानकारी गराउनुभयो ।

यहि असोज १ र २ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलालाई सफल पार्न र संगठन चलायमान पार्ने हेतु यहि भाद्र १५ गते शनिबार दिउँसो ११ बजे रास्वपा पार्टी कार्यालय फिदिम २ मा हुने बृहत बैठकमा जिल्लाको सबै पालिकाबाट प्रतिनिधित्व हुने र यसको प्रमुख वक्ता प्रदेश इन्चार्ज ओमनाथ भण्डारी र ताप्लेजुङ् इन्चार्ज इ. वीरेन्द्र श्रेष्ठ हुने समेत जानकारी पाँचथर क्षेत्रीय निर्वाचन समिति सभापति दिपक प्रकाश भण्डारीले जानकारी गराउनु भएकोछ ।

प्रकाशित मिति : 2:10 pm

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध