ताप्लेजुङ गोल्ड कपले सिकाएको त्यो पाठ !



साहारा लङवा लिम्बू

ताप्लेजुङ । गत भदौ ३ गतेबाट सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप २०८१ सोमबार एक साता पछि सकिएको छ । गत ३ गते देखि सुरु भएको ताप्लेजुङ गोल्ड कप एक हप्ताको अवधिमा धेरै पाठ सिकाएर फेरी भेटौलाका साथ सम्पन्न भएको छ । गोल्ड कप लाखेजात्रा सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको हो । 

भाषणरहित गोल्ड कप
ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणले नयाँ अभ्यासको सुरुवात गरि नौलो पाठ सिकाएको छ । खेल सञ्चालन पूर्व उद्‌घाटन, समापन तथा हरेक दिनको कार्यक्रममा राखिदै आएको नेताहरूको भाषणलाई  यस वर्ष कटौती गरि भाषण रहित गोल्ड कप बनाइएको हो । त्यस्तै प्रमुख तथा विशिष्ट अतिथिको समेत वर्गीकरण नगरी मर्यादा क्रम अनुसार कार्यक्रममा आमन्त्रित अतिथिलाई आसनग्रहण गराइएको थियो । 

फ्याद अफ द म्याच घोषणा
ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा हरेक दिन एक जनालाई ‘फ्यान अफ द म्याच’ छनोट गरिएको थियो । ताप्लेजुङ मात्र नभएर सायद यो खेल जगतमा नौलो अभ्यासको सुरुवात हुन सक्छ । हरेक दिन उपस्थित हुने हजारौँ दर्शकमध्येबाट १ जनालाई ‘फ्यान अफ द म्याच’ छनोट गरिएको हो । 

‘फ्यान अफ द म्याच’ छनोट भएकालाई राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित बल प्रदान गरिएको थियो । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, सपोर्ट गर्ने दर्शकहरुमध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरे अनुसार प्रत्येक दिन एक-एक जनालाई ‘फ्यान अफ द म्याच’ घोषणा गरिएको थियो ।

‘फ्यान अफ द म्याच’ १०२ वर्षका वृद्ध देखि २ वर्षका भाइलाई खेलको आकर्षण बुझाउन सक्ने १० वर्षीया बालिका सँगै ७ वर्षीया बालिका सम्म घोषणा भएका थिए । 

खेल निर्धारित समयमै सुरु 
खेल हरेक दिन दिउँसो साढे २ बजे बाट नै सुरु भएको थियो । खेल तालिकामा उल्लेख भएअनुसारको समयमा नै खेल सुचारु गरिएको हो । गोल्डकपमा अतिथिहरूको मन्तव्यलाई कटौती गरिएकाले समयमै खेल सुचारु गर्न सम्भव भएको लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङको भनाई छ ।

विगतका खेलहरूमा अतिथिहरूको मन्तव्यलाई जोड दिँदा ढिला गरि खेल सुरु हुने र समय अभावका कारण सिधै ट्राइबेकरमा जानुपर्ने बाध्यता भएकाले यस वर्षदेखि समयमै खेल सुचारु गरिएकाले निर्धारित समयावधिमा बराबरी भएको खेल अतिरिक्त समयमा पनि खेलाउन सम्भव भएको थियो । 

रेड पाण्डाको मस्कट प्रदर्शन
खेलकुद सँगै पर्यटन प्रर्वद्धनका लागि रेड पाण्डाको मस्कट प्रदर्शन गरिएको थियो । दुर्लभ रेड पाण्डाको संरक्षणमा चुनौती थपिँदै गएको बेला ताप्लेजुङ जिल्ला नेपालको धेरै रेड पाण्डा पाउने जिल्ला मध्ये एक हो भन्ने सन्देश प्रवाह गर्न पनि उक्त मस्कट प्रदर्शन गरिएको सञ्चालन समितिले जनाएको छ । 

प्रत्येक पालिकाको पर्यटकिय स्थलको प्रचार प्रसार
ताप्लेजुङ जिल्ला एक नगरपालिका र ८ वटा गाउँपालिका रहेको छन् । उक्त नगरपालिका र प्रत्येक गाउँपालिकाहरुको पर्यटकिय स्थलको प्रचार प्रचार गर्न उक्त पालिकाहरुको पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी गरिएको थियो । 

 सुट फर द हिरो
प्रत्येक खेलमा दुई जनालाई चिठ्ठा मार्फत ‘सुट फर द हिरो’ बानाइएको थियो । टिकट काटेर खेल मैदानमा प्रवेश गरेका दर्शकहरु मध्ये उक्त टिकटको चिठ्ठा माध्यम बाट दुई जना दर्शकलाई ‘सुट फर द हिरो’ बनाइएको हो । चिठ्ठामा मार्फत सुट ‘फर द हिरो’ बन्न सक्ने उक्त लक्कि दर्शकलाई अकर्षक पुरस्कारको व्यवस्था गरिएको थियो । 

हरेक दिन एक जनालाई मोबाइल सेट 
खेल हेर्न आउने दर्शकहरु मध्ये एक जनालाई चिठ्ठाको माध्यमबाट नै प्रयेक दिन एक सेट मोबाइल वितरण गरिएको थियो । दर्शकहरुले काटेको टिकलाई चिठ्ठाको माध्यमबाट लक्की उकलाई उक्त मोबाई वितरण गरिएको हो । 

मौलिक भेष भूसामा उपस्थित हुने दर्शकलाई सम्ममान
आफ्नो मौलिक भेषभूसामा खेल हेर्न मैदामा उपस्थित भएका दर्शकहरुलाई एक एक वटा बल प्रदान गरि सम्मान गरिएको थियो । 

पूर्व खेलाडीलाई सम्मान 
पूर्व खेलाडीहरूको सम्मान गरिएको थियो ।  खेल जगतमा योगदान गर्ने पूर्व खेलाडीहरू पुरुष महिलालाई सम्मान गरिएको थियो ।  

महिलालाई प्राथमिकता 
गोल्ड कपको अन्तिम क्वाटर फाइनलको दिन अतिथिमा महिलाहरुलाई मात्र राखिएको थियो । उक्त दिन स्टेजमा सबै महिला अतिथिहरुको मात्र उपस्थित रहेको थियो । जिल्लाको विभिन्न क्षेत्रमा रहि नेतृत्व तहमा रहेका महिला नेतृहरुको उपस्थिति रहेको थियो । यसलाई पनि एउटा नयाँ सुरुवातको रुपमा लिन सकिन्छ । 

उक्त गोल्ड कपको उपाधि मोरङको सगरमाथा युथ क्लबले उचाल्न सफल भयो । उपाधि सँगै मोरङले नगद रु ५ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै मोरङ सँग १-० गोल अन्तरले पराजित हुँदै सिराहाको सहलेश युवा क्लबले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । 

गोल्डकपको अन्तिम दिन लाखेजात्रा सञ्चालन कमितिका सचिव तथा कार्यक्रम सञ्चालक टेकेन्द्र नेपालीले अब यो समितिको कार्यकाल सकिने उद्घोष गर्दै गर्दा धेरै दर्शकहरुको मुखबाट निस्कीएको एउटै कुरा थियो । ताप्लेजुङ गोल्ड कपले फेरी यस्तो नेतृत्व गर्ने समिति पाउँला ? 

प्रकाशित मिति : 6:35 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ