कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्धारा पाथीभरा क्षेत्रमा मिलन चौतारी निर्माण




रेडियो काबेली
ताप्लेजुङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङले पाथीभरा क्षेत्रको मिलन चौतारीमा नयाँ चौतारो निर्माण गरेको छ । २०५९ सालमा कर्मचारी मिलन केन्द्रको तत्कालिन समितिमार्फत निर्माण भएको चौतारो पुरानो र जीर्ण भएकोले त्यसलाई विस्थापन गरी लम्बाई र चौडाई समेत बढाएर सोही ठाउँमा नयाँ चौतारो निर्माण गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराइले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो चौतारी निर्माण गर्न करिब तीनलाख रुपैंया खर्च भएको छ । मिलन केन्द्रको अगुवाइमा ताप्लेजुङमा कार्यरत कर्मचारी र अन्य दाताको सहयोगमा उक्त रकम व्यवस्थापन गरिएको मिलन केन्द्रका कोषाध्यक्ष नवराज गिरीले जानकारी दिनुभयो ।

नवनिर्मित मिलन चौतारीको मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा मिलन केन्द्रका सल्लाहकार तथा दुर्गादल गुल्मका गुल्मपति बिक्रम खडका , प्रहरी नायव उपरीक्षक रबि रावल , सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन , प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डल सहित मिलन केन्द्रका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले कर्मचारी र नागरिक एक अर्काका पूरक भएको भन्दै पाथीभरा मन्दिरको दर्शन गर्ने दर्शनार्थीलाई आउजाउका क्रममा चाहिने बिश्राम स्थलले ठूलो सहयोग पुऱ्याउने विश्वास लिनुभयो । उपस्थित सबैलाई स्वागत गर्दै मिलन केन्द्रका उपाध्यक्ष तथा कोष नियन्त्रक गणेशकुमार पोखरेलले संस्थालाई थप सक्रिय र जीवन्त बनाउन अहिले र अबका समिति उर्जाशील रुपले लाग्ने विश्वास दिलाउनु भयो ।

निकै समयसम्म निस्कृय रहेको कर्मचारी मिलनकेन्द्र ताप्लेजुङ पछिल्लो समय निकै सक्रिय रहेको छ । निश्कृय रहेको मिलन केन्द्रलाई पछिल्लो दुइवर्ष यता सक्रिय गराई गतिविधि र कार्यक्रम सञ्चालन गरी चलायमान बनाउन थालिएको मिलन केन्द्रका सचिव तथा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठले बताउनुभयो ।

पछिल्ला दिनहरुमा सक्रिय हुन थालेको मिलन केन्द्रले स्मारिका स्वरूप ग्रन्थ समेत प्रकाशन गरिसकेको छ । उसले जिल्लाका सरोकारवाला समेतको सहभागितामा सद्भाव बनभोज देखि निजामति कर्मचारी दिवस सहितका विभिन्न कार्यक्रम आयोजना गर्ने तथा सहभागिता जनाउने गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार २०:१८

हाङपाङमा आगलागी हुँदा ५ लाखको क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आईतबार राती एक

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।