ताप्लेजुङ गोल्ड कपः १०२ वर्षका लक्ष्मी प्रसाद पौडेल बने पाँचौ दिनको ‘फ्यान अफ दि म्याच’



रेडियो काबेली
ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको पाँचौ दिनको ‘फ्यान अफ दि म्याच’ फुङलिङ नगरपालिका वडा नं. ४ का १०२ वर्षका लक्ष्मी प्रसाद पौडेल बन्नु भएको छ । पौडेल शुक्रबारको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो
पौडेलको फुटबल प्रतिको मोहलाई सम्मान गर्दै आयोजकले ‘फ्यान अफ दि म्याच’ घोषित गर्दै पुरस्कार प्रदान गरिएकोे जनाएको छ।
मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, साथ दिने दर्शकहरु मध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो । सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित कल्मषको फुटबल प्रदान गरिएको छ । हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाउँदैं आएको छ ।

बिहिबार भएको खेलमा फुङलिङ नगरपालिका वडा नं. ५ की एलिसा सुनुवार , बुधबार भएको खेलमा फुङलिङ नगरपालिका वडा नं.७ का रमेश गुरुङ, मङ्गलबार भएको खेलमा मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू र सोमबार भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ । शुक्रबार भएको खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 8:02 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन