ताप्लेजुङ गोल्ड कपः १०२ वर्षका लक्ष्मी प्रसाद पौडेल बने पाँचौ दिनको ‘फ्यान अफ दि म्याच’



रेडियो काबेली
ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको पाँचौ दिनको ‘फ्यान अफ दि म्याच’ फुङलिङ नगरपालिका वडा नं. ४ का १०२ वर्षका लक्ष्मी प्रसाद पौडेल बन्नु भएको छ । पौडेल शुक्रबारको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो
पौडेलको फुटबल प्रतिको मोहलाई सम्मान गर्दै आयोजकले ‘फ्यान अफ दि म्याच’ घोषित गर्दै पुरस्कार प्रदान गरिएकोे जनाएको छ।
मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, साथ दिने दर्शकहरु मध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो । सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित कल्मषको फुटबल प्रदान गरिएको छ । हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाउँदैं आएको छ ।

बिहिबार भएको खेलमा फुङलिङ नगरपालिका वडा नं. ५ की एलिसा सुनुवार , बुधबार भएको खेलमा फुङलिङ नगरपालिका वडा नं.७ का रमेश गुरुङ, मङ्गलबार भएको खेलमा मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू र सोमबार भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ । शुक्रबार भएको खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 8:02 pm

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका