ज्यान मार्ने उद्योगमा ताप्लेजुङमा एक महिला पक्राउ




ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिकामा ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा पालिकाको वडा नं. ६ की  ३५ वर्षीय मेनुका सुनुवार भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं. ६ मा अवस्थित जनता आधारभुत विद्यालय जाने क्रममा भाद्र ४ गते उक्त विद्यालयका २८ वर्षीय शिक्षक खेम प्रसाद घिमिरेलाई सुनुवार र उहाँका श्रीमान् रमेश भण्डारीले आफ्नो घर अगाडि हिँडी रहेको अवस्थामा बाटो छेकी ज्यान मार्ने उद्देश्यले बियरको बोतल र लाठीले कुटपिट गरेका थिए ।

कुटपिटबाट घिमिरेको शरीरको विभिन्न भागमा चोट लागेको छ । कुटपिट गरेर फरार भएकी सुनुवारलाई गाउँ मै लुकीछिपि रहेको अवस्थामा बिहीबार सोही गाउँबाट पक्राउ गरिएको र जिल्ला अदालत ताप्लेजुङमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 9:33 pm

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन