ताप्लेजुङ गोल्डकप : क्वाटरफाइनल खेलमा ७ लाख ११ हजार बढिको टिकट बिक्री



ताप्लेजुङ । जारी ताप्लेजुङ गोल्डकपको क्वाटरफाइनको अन्तिम खेलमा २ लाख बढीको टिकट बिक्री भएको छ । बिहीबार भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबीचको खेल हेर्नका लागि २ हजार १ सय ३९ जना दर्शकले उक्त रकम बराबरको टिकट काटेर मैदान प्रवेश गरेका हुन् ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार अन्तिम क्वाटरफाइनल खेलबाट २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको छ । यो सहित क्वाटरफाइनल खेलमा जम्मा ७ लाख ११ हजार ७ सय रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ ।

सबैभन्दा बढी खेलको पहिलो दिन २ लाख २२ हजार, दोश्रो दिन १  लाख ३५ हजार र तेश्रो दिन १ लाख ४० हजार रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष श्रेष्ठको भनाई छ । पहिलो भारतसँग गृह जिल्लाको खेल भएकाले अधिकांश दर्शकले मैदान प्रवेश गरेको आयोजकले जनाएको छ । त्यस्तै बिहीबार राष्ट्रिय स्तरका खेलाडीहरू टिममा भएकाले दर्शकले केही मात्रा रुचाएको पाइएको छ ।

क्वाटर फाइनलका खेलका लागि एक सय रुपैयाँ मात्र टिकट दर निर्धारण गरिएको थियो । शुक्रबार र शनिबार हुने सेमिफाइनल खेलका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै अन्तिम दिन फाइनलका लागि भने दुई सय पचास रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । 

प्रकाशित मिति : 6:10 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका