प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई



ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले चुमेको छ । सोमबार भएको फाईनल खेलमा लालिगुराँस स्पोर्टिङ क्लब सुरुमखिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी चुमेको हो । उपाधीसँगै सिंवा स्पोर्टिङ क्लबे ३ लाख ५० हजार ८२ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको लालिगुराँस स्पोर्टिङ क्लबले नगद एक लाख ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

फाईनल खेलको म्यान अफ द म्याच सिंवा स्पोर्टिङ क्लबका पवन लिम्बु घोषित हुँदै नगद २ हजार रुपैँयाले पुरस्कृत हुनुभयो ।
त्यस्तै सिंवा स्पोर्टिङका योगेश लिम्बु बेस्ट डिफेन्डर र बेष्ट गोलकिपर आकाश लिम्बु बन्नुभयो । त्यस्तै ड्रिम बोइज एफ.सि.धनकुटाका शुक्र लिम्बु सर्वाधिक गोलकर्ता र लालिगुराँसका स्पोर्टिङ हिटेन लिम्बु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत हुनुभयो ।

सिंवा स्पोर्टिङ क्लब सेमिफाईन खेलमा ड्रिम बोइज एफ.सि.धनकुटालाई ६–३ गोल अन्तरले र लालीगुँरासले वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । फक्ताङलुङ गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित गोल्डकप सञ्चालन गरेको क्लबका संरक्षक मचिन्द्र लिम्बुले बताउनुभयो । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा फक्ताङलुङ गाउँपालिका–३ स्थित सिंवा बजारमा माघ १ गतेबाट सुरु भएको प्रतियोगिता भब्यताका साथ सोमबार समापन भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 7:35 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक