ताप्लेजुङ गोल्ड कप :रमेश गुरुङ बने तेस्रो दिनको ‘फ्यान अफ दि म्याच’



रेडियो काबेली

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको तेस्रो दिनको ‘फ्यान अफ दि म्याच’ फुङलिङ नगरपालिका वडा नं. ७ का रमेश गुरुङ बन्नु भएको छ । गुरुङ बुधबारको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो ।

गोल नेपाल र समितिको अफिसियल फोटोग्राफर मार्फत गुरुङ ‘फ्यान अफ द म्याच’ मा पर्नु भएको हो । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, साथ दिने दर्शकहरुमध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो ।

सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित केल्मीको फुटबल प्रदान गरिएको छ । हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाईदैँ आएको छ । । मंगलबार भएको खेलमा मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू र सोमबार भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १९:१७

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन