ताप्लेजुङ गोल्ड कप :रमेश गुरुङ बने तेस्रो दिनको ‘फ्यान अफ दि म्याच’



रेडियो काबेली

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको तेस्रो दिनको ‘फ्यान अफ दि म्याच’ फुङलिङ नगरपालिका वडा नं. ७ का रमेश गुरुङ बन्नु भएको छ । गुरुङ बुधबारको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो ।

गोल नेपाल र समितिको अफिसियल फोटोग्राफर मार्फत गुरुङ ‘फ्यान अफ द म्याच’ मा पर्नु भएको हो । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, साथ दिने दर्शकहरुमध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो ।

सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित केल्मीको फुटबल प्रदान गरिएको छ । हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाईदैँ आएको छ । । मंगलबार भएको खेलमा मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू र सोमबार भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 7:17 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित