ताप्लेजुङ गोल्ड कपमा तेश्रो दिन १ लाख ४० हजार बढीको टिकट बिक्री 



ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको तेश्रो दिन बुधबार झण्डै डेढ लाख रुपैयाँको टिकट बिक्री भएको छ । बुटवल लुम्बिनी फुटबल क्लब रूपन्देही र सगरमाथा युथ क्लब मोरङबीचको खेल हेर्न १ हजार ४ सय ८ जना दर्शकले टिकट खरिद गरेका थिए । 

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार बुधबार १ लाख ४० हजार ८ रुपैयाँको टिकट बिक्री भएको छ । भदौ ३ गते देखि जारी रहेको प्रतियोगितामा पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन १ लाख ३५ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ । हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । 

टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको छ । 

क्वार्टरफाईनलको अन्तिम दिन बिहीबार त्रिभुवन आर्मी क्लब र बिर्तामोड टुनाइट क्लबबीच प्रतिष्पर्धा हुँदैछ । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब १९ लाख रुपैयाँ सङ्कलन भएको थियो । 

प्रकाशित मिति : 6:17 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ