ताप्लेजुङ गोल्ड कप : रिदम लिम्बू बने ‘फ्यान अफ दि म्याच’



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोस्रो दिनको ‘फ्यान अफ दि म्याच’ मेरिङदेन गाउँपालिका वडा नं. १ थिङ्लाबुका रिदम लिम्बू बन्नु भएको छ । लिम्बू मङ्गलबारको खेलबाट ‘फ्यान अफ द म्याच’मा छनोट हुनु भएको हो । 

गोल नेपाल र समितिको अफिसियल फोटोग्राफर मार्फत गुरुङ ‘फ्यान अफ द म्याच’ मा पर्नु भएको छ । मैदानमा प्रतिष्पर्धा गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने, सपोर्ट गर्ने दर्शकहरुमध्येको उत्कृष्टलाई समिति र गोल नेपाल डट कमले छनोट गरि फ्यान अफ द म्याच घोषणा गरिएको हो । 

तस्विर : ताप्लेजुङ गोल्ड कप

सो टाइटल उहाँले पाएसँगै आयोजकले उपहार स्वरुप राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङद्वारा हस्ताक्षरित केल्मीको फुटबल प्रदान गरिएको छ ।  हरेक दिन एक जना दर्शलाई ‘फ्यान अफ द म्याच’ बनाइने छ । सोमबार भएको उद्‌घाटन खेलमा फुङलिङ नगरपालिका ६ की निशा गुरुङ ‘फ्यान अफ द म्याच’ बन्नुभएको थियो ।

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 7:21 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा